News Portal

लोकप्रिय गायक राजेश पायल राईमाथि दुर्व्यवहार गर्ने शेर्पाले माफी मागे (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४४९ पटक

काठमाडौं – अमेरिका स्थित न्युयोर्क नया बर्षको अबसरमा आयोजित एक कन्सर्टमा गीत गाइरहेको अवस्थामा लोकप्रिय गायक राजेश पायल राईमाथि दुर्व्यबहार भएको घटना पछि पासाङ दावा शेर्पाले माफी मागेका छन्।

नेपालकै सार्बधिक लोकप्रिय गायक राईलाई दुर्व्यवहार गर्ने पासाङ दावा शेर्पाले माफी मागेपछि बिवाद साम्य भएको हो। शेर्पाले आफ्नो र किराती संस्कृती अनुसार रक्सी सगुन र खादा ओढाएर गायक राईसंग माफी मागेका हुन्। शेर्पाले हात जोडेर थरथराउदै ‘उहाँको म ठूलो प्रशंसक हुँ। मैले उहाँमाथि दुर्व्यवहार गर्न पुगेछु। त्यसले गर्दा उहाँ राजेश पायल राईलाई धेरै डिस्टर्व भएको महसुस गरेँ। म राजेश दाइँसँग माफी माग्छु।’

गायक राईले मानिसबाटै गल्ती हुने भन्दै आफूले माफी दिएको बताउदै वहा विरामी समेत हुनुहुन्छ वहाको स्वास्थ्यलाभको कामना गरौ। उनले भने, ‘नेपाली गीत संगीतलाई मायाहरू र सम्पूर्णलाई हामीहरू मिलिसकेको कुरा जानकारी गराउन चाहन्छु। मैले उहाँलाई माफी दिएको छु। मेरो शीर ढलोस्, नेपाली गीत–संगीत र नेपाल कहिल्यै नढलोस्,’ राइले भने, ‘मैले आम माफी दिइसकेको छु। उहाँले खुट्टै ढोग्छु पनि भन्नुभयो। तर पर्दैन मेरा फ्यानहरूले अब उप्रान्त गाली गलौज नगरिदिनुहोला।’ गायक राईको आग्रह समेत गरेका थिए। 

भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...