News Portal

गुरुङ ‘तमु’ समाज मकाउ सार चीनद्वारा ‘तो ल्हो’ ल्होसार भव्य रुपमा सम्पन्न (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६८१ पटक

मकाउ – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउ सार चीनद्वारा आयोजित तमु ल्होसारको अबसरमा ‘तो ल्हो’ नयाँ बर्षको शुभाराम्भ भएसंगै गुरुङ ‘तमु’ समाज मकाउ सार चीनले ‘ल्वों ल्हो’ गाई बर्गलाई विदाई गरेर ‘तो ल्हो’ बाघ बर्गलाई स्वागत गर्दै ‘तो ल्हो’ ल्होसार भव्य रुपमा सम्पन्न गरेको छ। 

समाजका अध्यक्ष लिलबहादुर गुरुङ “गोरा” को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि समाजका बरिष्ठ सदस्य धनबहादुर गुरुङ र चित्रबहादुर गुरुङ रहेका थिए। आयोजित कार्यक्रमलाई समाजका सदस्य गंग बहादुर गुरुङले स्वागत मन्तब्य दिएको थिए। त्यस्तै, गैरआवासीय नेपाली संग मकाउ, तामाङ घेदुङ मकाउ, शेर्पा समाज मकाउ, मगर संघ मकाउ, किरात राई यायोक्खा मकाउ, किरात याक्थुङ चुम्लुङ मकाउ र आदिबासी जनजाति महासंघ मकाउका प्रतिनिधिहरुले समेत आफ्नो धारणा राखेका थिए। 

एनआरएनए पूर्व अध्यक्ष पुर्ण बहादुर गुरुङले समाजले गरेका विभिन्न कार्यको बिषयमा प्रस्ट पारेका थिए। आयोजित कार्यक्रममा कलाकारहरुको मौलिक नृत्यले थप रोचक र रमाईलो भएको थियो। त्यस्तै, समाजका संरक्षक सदस्य (यमकुमार गुरुङ) त्रिलोक गुरुङ र दिलिप सिहं गुरुङले पठाउनु भएको शुभकामना सन्देश समेत कार्यक्रममा प्ले गरिएको थियो। 

तमु ल्होसार चाड गुरुङ समुदायले नयाँ वर्ष सुरुवातको रुपमा मनाउने गर्दछन्। यस समुदायले आफ्ना दाजुभाई आफन्त, नाताकुटुम्ब भेला भएर सामूहिक रुपमा मिष्ठान्न खाना खाने यो चाडलाई मौलिक सांस्कृतिक नाचगान गर्ने, मान्यजनबाट आशीर्वाद लिने, परम्परागत जातीय भेषभूषा लगाउने प्रचलन रहेको अध्यक्ष गुरुङले बताए छ ।

गुरुङ समुदायमा यस चाडको दिन आफन्तजन, नाताकुटुम्बलाई आफ्नो घरमा बोलाएर भोज खुवाउनुका साथै घाटु, सोरठी, चुड्का र कौडा जस्ता प्रचलित नृत्यहरू नाच्दै रमाइलो गर्ने परम्परा रहेको छ । त्यही परम्परा अनुरुप मकाउमा पनी आफ्नो मौलिक नाच कलाकारहरुले प्रस्तुत गरेका समाजका अध्यक्ष लिल बहादुर गुरुङ “गोरा” ले हिमालीसंचारडटकमसंग बताए। 

मकाउमा गठीत विभिन्न संध संस्थाका प्रतिनिधि लगायद आफ्नो समाजका महानुभावहरुको बाक्लो उपस्थितिमा गुरुङ ‘तमु’ समाज मकाउ सार चीनले टाउन वेल रेष्टुरेन्ट मकाउमा गत ३० तारिख भव्य रुपमा कार्यक्रम सम्पन्न गरेको हो। 

कार्यक्रम सफल पार्नका लागि समाजका सदस्यहरुले प्रायोजन समेत गरेका थिए। प्रायोजकहरुमा धन बहादुर गुरुङ ‘ए’, चित्र बहादुर गुरुङ, राम काजी गुरुङ, धन बहादुर गुरुङ ‘बि’, नरेश गुरुङ, तिलक गुरुङ, अशोक गुरुङ, शंकर गुरुङ, सन्त बहादुर गुरुङ, कुशल गुरुङ, गणेश गुरुङ, समाजसेवी गीता मगर शेर्पा, सम्शेर थापा मगर, हर्क गुरुङ र उत्तम गुरुङले समाजलाई आर्थिक सहयोग गरेका थिए भने समाजका दिदि बहिनीहरुबाट सेलरोटी, समाजका अध्यक्ष गुरुङले समेत ४० वटा नया खादा सहयोग गरेको थिए। प्रायोजक महानुभावहरुलाई कार्यक्रममा सम्मान स्वरुप खादा ओढाई सम्मान समेत गरिएको थियो। 

अध्यक्ष गुरुङले प्रायोजकहरुलाई विशेष आभार समेत व्यक्त गरेका छन्। प्रायोजकहरुको सहयोग समग्र गुरुङ समुदायका लागि योगदान हो। यहाँहरुको सहयोगले समाजमा एकताको सन्देश दिएको अध्यक्ष गुरुङको भनाई रहेको थियो। समाजका छोरीचेलीहरु नैना गुरुङ, मनकुमारी गुरुङ, सशी गुरुङ र माया गुरुङ सेलरोटी र महेन्द्र गुरुङ, मणी गुरुङले ब्याबस्थापनमा सहयोग गरेका हुनाले थप कार्यक्रम सफल भएको अध्यक्ष गुरुङले बताए। कार्यक्रम संचालन महिला संयोजक नैनकला गुरुङ (तमुस्यो), कलाकार शसी गुरुङ र सहसचिव अमृत गुरुङले संचालन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...