News Portal

क्रिसमस तथा नया बर्षको अबसरमा भेटघाट कार्यक्रममा उठेको रकम गरिब परिवालाई आर्थिक सहयोग (भिडियो सहित)

हिमालीसंचार संवाददाता
८१९ पटक

मकाउ – मकाउमा कार्यरत नेपाली युवाहरुको एक समुहले सदैव आफ्नो मौलिक चाड, पर्व सामुहिक रुपमा मनाउदै आएका छन्। यस बर्ष क्रिसमस तथा अग्रेजी नया बर्षको अबरसमा भेटघाट कार्यक्रममा उठेको रकम विभिन्न रोगका कारण उपचार गर्न समस्या परेका गरिब विरामीहरुका लागि आर्थिक सहयोग गरेका छन् ।

समाजसेवी गीता मगर शेर्पा र राजी शाह भट्टको नेतृवमा मकाउमा कार्यरत यी युवा समुहले सधै पृथक सामाजिक सहकार्य गर्दै सामुहिक रुपमा सहयोग गर्दै आएका छन् । यो समुहले क्रिसमस तथा नया बर्षको अबसरमा भेटघाट तथा शुभकामना आदन प्रदान कार्यक्रमा उठेको नेपाली रुपिया ३५,५५५/- समस्यामा परेका गरिब परिवारलाई आर्थिक सहयोग प्रदान गरेका हुन्। 

औषधी खर्चका लागि बाजुराको पर्जोल सिह, मृगौला पिडीत बेलबारी -१० भाउनेका नन्दराज राई, क्यान्सर पिडीत ताप्लेजुङका पुस्पा लिम्बु, मृगौला पिडीत जयराम ठकुरी, अनिता तामाङ, जाजरकोटका भीम बहादुर सिंह, मृगौला पिडीत गंगा भुजेलकी छोरी लगायदका गरिब परिवारलाई सामुहिक सहयोग गरिएको समाजसेवी गीता मगर शेर्पाले हिमालीसंचारडटकमसंग बताईन्।  

शेर्पा समाजका अध्यक्ष ङवाङ ग्याल्जे शेर्पा, गुरुङ ‘तमु’ समाज मकाउका अध्यक्ष लिलबहादुर गुरुङ ‘गोरा’, इश्वर भट्ट, राजी शाह भट्ट, जीवना भण्डारी, भिम गुरुङ, अमृत प्रजापती, टिकाराम भण्डारी, निरज थापा मगर, विजय मोक्तान, दावा पासाङ शेर्पा, राजेन क्षेत्री, ममता काफ्ले, रविन महर्जन, जानुका, महेश श्रेष्ठ, सम्झना श्रेष्ठ, हेनरी विष्ट, मोहन पन्त, नितु थापा, रुद्र घले, बुद्धि गुरुङ, विकास गुरुङ, ओवेन लामा,  कुमार लामा, विवेक थापा, प्रकाश गौतम, धनकाजी तामाङ, रञ्जीला लामा, सवी बरुवाल, सिमा लिम्बु, सुदिप क्षेत्री, एन्जल जाइन, विनोद, पासनेरी शेर्पा, विकाश मगर, हिसिला मगर, विकाश गुरुङ, गिता मगर शेर्पा र भिम शेर्पाको उपस्थिति महानुभावको सहभागितामा सामुहिक सहयोग गरेका हुन्।

 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...