News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • राजघाट हङकङ समाजको धान सहयोगः बाढीले अन्नबाली नष्ट भएका कृषकलाई सहयोग

    हिमालीसंचार संवाददाता
    २०१ पटक

    उर्लाबारी – गत कात्तिकमा अविरल वर्षासँगै मावा खोलामा आएको बाढीले पीडित बनेका उर्लाबारी–९ का कृषकलाई राजघाट हङकङ समाजले धान सहयोग राहत स्वरुप सहयोग गरिएको छ। राजघाट हङकङ समाजको सहयोगमा उर्लाबारीस्थित चक्रेटोल, फाईबेलीडाँडा, बोडर लाईन र माहारास्थानमाका बाढी पीडितलाई राहत प्रदान गरिएको हो।

    बाढी पीडित प्रतिघरलाई ५ मनको दरले धान सहयोग गरिएको राहतको लागि पहलकर्ता समिर तुम्बाहाम्फेले बताए। उनका अनुसार अति विपन्न तथा पीडित ४३ घर परिवारलाई सहयोग गरिएको छ। ‘यसपटक अन्नबाली पानी झरी र बाढीले बगाएपछि खान नपाईने भयो भन्ने चिन्ता थियो,’ राहत लिदैं स्थानीय चक्र राईले भने, ‘५ मन धान पाइयो, अब भोकै नहुने भैयो। अरु त जेनतेन गरेर चलाइहालिन्छ।’

    राहत पाउनेहरू प्रायः निक्कै खुशी देखिएका थिए। वास्तबमा कृषकको पीडामा कसैले चासो देखाएको पाईदैन। उनीहरू कहिले मल नपाएर हैरान हुन्छन्। कहिले बिउबिजन। कहिले बाली राम्रोसँग सप्रिँदैन त कहिले भएको बाली नी सबैले बाढीले बगाइदिन्छ, असिनाले स–खाप पारिदिन्छ। यहि पीडालाई मध्यनजर गर्दै आफ्नो गाउँको पीडालाई आफ्नै पीडा सम्झेर सहयोग गरेको राजघाट हङकङ समाजका अध्यक्ष खबिराज लिम्बूले बताए।

    उनले भने, ‘गाउँघरमा भएको यति ठूलो क्षति र पीडामा कहाँ हाम्रो मन मान्छ र। त्यसैले सकेको सहयोग गरेका हौ। भइपरिआउने समस्यामा सहयोग गर्न हामी तैनाथ छौ।’ राहतका लागि सहयोग संकलनमा सक्रिय रुपमा लागिपरेका राकेश पोमुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए।

    ‘राजादेखी रैतीसम्मलाई गाँसको ब्यवस्था गर्ने किसान दाजुभाइको पीडालाई कसरी देखेर नि नदेखे झै गर्न सकिन्छ र,’ पोमुले भने, ‘हामीले सक्ने सहयोग गरेका हौँ।’ स्थानीय स्तरमा धान संकलन तथा वितरणमा कार्यमा हेमन्त पौडेल, कैलाश थापा मगर, मानु थापा, आइतहाङ तुम्बाहाम्फे, सुर्य पन्धाक, बिजय लिम्बू ,भुपेन शेर्मा,अमृत थक्लुङ,प्रदिप धिमालको सक्रियता रहेको थियो। सहयोग हस्तान्तरण कार्यक्रमको सन्चालन बिजय आङबुहाङले गरेका थिए।

    प्रतिकृया दिनुहोस्

    काठमाडौं मेयर बालेन शाह गणतन्त्र दिवसको मूल समारोह समितिबाट हट्ने सम्भावना, प्रधानमन्त्री ओलीको कडा संकेत

    काठमाडौं, जेठ ५ – गणतन्त्र दिवस २०८२ को मूल समारोहको तयारीका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

    बसको ठक्करबाट रंगेलीमा मिराको मृत्यु

    मोरङ, जेठ ५ – रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा बसको ठक्करबाट एक किशोरीको ज्यान गएको...

    रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ फेरि स्थगित, मंगलबार हेर्ने तयारी

    काठमाडौं, जेठ ५ – पूर्वगृहमन्त्री रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा आज पनि सुनुवाइ...

    बुढीगण्डकी आयोजना जनताको सेयरबाट निर्माण गर्न सकिने सम्भावना : सांसद बजगाई

    काठमाडौं, जेठ ५ – नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बुढीगण्डकी जलविद्युत आयोजना जनताको सेयरबाट निर्माण...

    सुनको मूल्यमा वृद्धि चाँदी स्थिर

    काठमाडौं, जेठ ५ – नेपाली बजारमा आज पुनः सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। आइतबार...