आज : २०२६-०६-०५, शुक्रबार

मोरङ जिल्लाको धनपालथान गाउँपालिकामा एक दिने स्वास्थ्य शिविर सम्पन्न

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको धनपालथान गाउँपालिकाले  घरदैलोमा स्वास्थ्य सेवा पु-याउने उदेश्यका साथ एक दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको  छ ।

धनपालथान गाउँपालिका र विराट टिचिङ अस्पताल तथा गोल्छा आखाँ अस्पतालको संयुक्त रुपमा प्राविधिक सहयोगमा गाउँपालीकाले एकदिने स्वास्थ्य शिविर संचालन गरेको हो। शिविरमा ६ सय ८१ जनाको स्वास्थ्य परिक्षण गरेको थियो । सो कार्यक्रम वडा नं. ७ स्थित सर्वोदय माबिका प्रांनमा सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले बताए । 

शिविरमा स्त्री प्रसुति, मुटुरोग, छालारोग, जनरल फिजिसियन, हाडजोर्नी तथा आँखा रोग सम्वन्धि विशेषज्ञसेवा दिएका थिए । शिविरमा बिरामीहरुलाई ९० प्रकारको औषधि निशुल्क वितरण गरेका थिए। शिविरको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले गरेका थिए ।  

उहाँले स्वास्थ्य सेवामा पहुच पुग्न नसकेको विपन्न परिवारलाई पालिकाले यसरी गाउँ मै स्वास्थ्य शिविर ल्याएकोमा धन्यवाद समेत दिएका थिए । धनपालथान गाउपालिकाका अध्यक्ष हरिलाल सिंहले घरमा वसेर रोग लुकाउने वानी अहिलेपनी रहेकाले त्यस्ता विरामीलाई अस्पतालमा आएर निशुल्क सेवालिन आग्रह समेत  गरेका थिए। 

शिविरमा आएका ४७ जनामा मोतियाविन्दु देखिएकाले विरामीलाई गाउँपालिकाको सहयोगमा गोल्छा आखा अस्पतालमा निशुल्क  अपरेशनको व्यवस्था मिलाइएको सिंहले बताए    सिविरमा विराट टिचिङ अस्पताल तथा गोल्छा अस्पतालका चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।