News Portal

  • मोरङ जिल्लाको धनपालथान गाउँपालिकामा एक दिने स्वास्थ्य शिविर सम्पन्न

    हिमालीसंचार संवाददाता
    २६९ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको धनपालथान गाउँपालिकाले  घरदैलोमा स्वास्थ्य सेवा पु-याउने उदेश्यका साथ एक दिने निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न गरेको  छ ।

    धनपालथान गाउँपालिका र विराट टिचिङ अस्पताल तथा गोल्छा आखाँ अस्पतालको संयुक्त रुपमा प्राविधिक सहयोगमा गाउँपालीकाले एकदिने स्वास्थ्य शिविर संचालन गरेको हो। शिविरमा ६ सय ८१ जनाको स्वास्थ्य परिक्षण गरेको थियो । सो कार्यक्रम वडा नं. ७ स्थित सर्वोदय माबिका प्रांनमा सम्पन्न भएको स्वास्थ्य शाखा प्रमुख ऋषिराज सेठले बताए । 

    शिविरमा स्त्री प्रसुति, मुटुरोग, छालारोग, जनरल फिजिसियन, हाडजोर्नी तथा आँखा रोग सम्वन्धि विशेषज्ञसेवा दिएका थिए । शिविरमा बिरामीहरुलाई ९० प्रकारको औषधि निशुल्क वितरण गरेका थिए। शिविरको उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य अमृत अर्यालले गरेका थिए ।  

    उहाँले स्वास्थ्य सेवामा पहुच पुग्न नसकेको विपन्न परिवारलाई पालिकाले यसरी गाउँ मै स्वास्थ्य शिविर ल्याएकोमा धन्यवाद समेत दिएका थिए । धनपालथान गाउपालिकाका अध्यक्ष हरिलाल सिंहले घरमा वसेर रोग लुकाउने वानी अहिलेपनी रहेकाले त्यस्ता विरामीलाई अस्पतालमा आएर निशुल्क सेवालिन आग्रह समेत  गरेका थिए। 

    शिविरमा आएका ४७ जनामा मोतियाविन्दु देखिएकाले विरामीलाई गाउँपालिकाको सहयोगमा गोल्छा आखा अस्पतालमा निशुल्क  अपरेशनको व्यवस्था मिलाइएको सिंहले बताए    सिविरमा विराट टिचिङ अस्पताल तथा गोल्छा अस्पतालका चिकित्सकहरुले सेवा प्रदान गरेका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कृषिमन्त्री अधिकारीले दिए राजीनामा

    काठमाडौँ, भदौ २४ – कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्।...

    रास्वपाका सबै सांसद राजीनामाको तयारीमा

    काठमाडौं, भदौ २४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरूले सामूहिक राजीनामा दिने तयारी...

    जेन–जी आन्दोलनपछि खानेपानी मन्त्री यादवको राजीनामा तयारी

    काठमाडौं, भदौ २४ – जेन–जी आन्दोलनका क्रममा सोमबार १९ युवाको मृत्यु भएपछि सरकारभित्र दबाब तीव्र...

    आज २०८२ साल भदौ २४ गतेको राशिफल

    आज भदौ २४, २०८२ (सेप्टेम्बर ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिए

    काठमाडौं, भदौ २३ – सोमबार काठमाडौंमा भएको जेनजी प्रदर्शन हिंसात्मक बनेपछि गृहमन्त्री रमेश लेखकले आफ्नो...