News Portal

नेपालमा भेट्यो थप एकजनामा ओमीक्रोन संक्रमित

हिमालीसंचार संवाददाता
३५० पटक

काठमाडौं – नेपालमा थप एकजना व्यक्तिमा ओमीक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा यसबारे जानकारी दिएको हो। 

मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले एकजना ९८ वर्षीया वृद्धमा ओमिक्रोन भेरियन्ट देखिएको बताएकी छन्। उनका अनुसार ओमीक्रोन संक्रमित ती वृद्धा अहिले होम आइसोलेसनमा छिन्। ‘उनको स्वास्थ्य पनि सामान्य छ’, मिश्रले भनिन्, ‘ती वृद्धा मन्त्रालयको नियमित सम्पर्कमा छिन्।’

यी वृद्धालाई देखिएसँगै ओमीक्रोन संक्रमितको संख्या नेपालमा तीन पुगेको छ। यसअघि विश्व स्वास्थ्य संगठनका दुई कर्मचारीमा ओमिक्रोन भेरियन्ट देखिएको थियो। तर उनीहरु संक्रमण मुक्त भइसकेका छन्। पछिल्लो समय भारतमा ओमीक्रोन भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ। 

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...