आज : २०२६-०६-१३, शनिबार

गायक राजु आङदेम्बे र गायिका सुनिता थेगिमको “अरुणै घुमेर” सार्वजनिक (भिडियो सहित)

काठमाडौं – चर्चित गायक राजु आङदेम्बे र चर्चित गायिका सुनिता थेगिम लिम्बुको युगल आवाजमा रहेको अरुणै घुमेर बोलको टिपिकल नेपाली पुर्वेली  लोक  गीत सार्वजनिक भएको छ।

उक्त गीतमा स्वर राजु आङदेम्बे र सुनिता  थेगिमको रहेको छ भने शब्द कमान धोज लावतीको रहेको गीत राजु आङदेम्बेकै लयमा तयार भएको हो। त्यस्तै, संगीत संयोजन पदम रजन मगरले गरेका हुन भने सेवा रेकर्डिङ अनामनगर काठमाडौ र हिमालयन टोन्स हङकङ स्टुडियोमा उक्त लोक भाका  रेकर्ड सम्पन्न भएको हो। 

काठमाडौं तथा हङकङमा छायाकंन भएको गीतमा गायक गायिकाको अभिनय देख्न सकिन्छ। माया प्रेमका शब्दले भरिएको सुमधुर गीतलाई सिमिक्लुङ दर्पण युत्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। 

बिगत २५ बर्ष अघिदेखि परदेश हङकङमा रहेर पनि पुर्वेली लोक गीत संगीतको जगेर्ना गर्न निरन्तर लागि पर्दै सयौं गीतमा आवाज शब्द अनि संगीत भरी सकेका गायक राजु आङदेम्बे साथै सयौं बढी  गीतमा आवाज रहेकी गायिका सुनिता थेगिमका थुप्रै गीत सिमिक्लुङ दर्पण युट्युब च्यानल मार्फत सुन्न अनि हेर्न सकिने छ। 

म्युजिक भिडियो यहाँ हेर्नुस्