News Portal

परालको गुन्द्रि बुन्ने परम्परा गाउँघरबाट हराउन थाल्यो

हिमालीसंचार संवाददाता
२८१ पटक

गुन्द्रिको प्रयोग पछिल्लो समय गाउँ घरबाटै परालको गुन्द्री बुन्ने परम्परा लोप हुदै जान थालेको छ । बजारमा सजिलै पाइने प्लास्टिकजन्य गुन्द्रीको बढ्दो प्रयोगसँगै परम्परागत परालको गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो।

विगतमा विशेषगरी पौष, माघ महिनामा पारिलो घाममा तान लगाएर परालको गुन्द्री बुन्ने प्रचलन रहेकोमा अहिले त्यो परम्परा हराउँदै गएको हो। ‘पहिले पौष लागेपछि तल्लो घर माथिल्लो घरका सबै घर मिलेर तान लगाउने प्रचलन थियो । गुन्द्री बुन्ने चलन रहेको थियो । अहिले त यो चलन हराउँदै गएको छ। 

परालको गुन्द्रि विभिन्न धर्ममानुसार अन्य संस्कारमा चोखो निधो कार्यमा परालको गुन्द्री आवश्यकता पर्छ । अझै पनी ‘चोखो निधोमा परालको गुन्द्री नभइ हुँदैन । पछिल्लो समय ‘पैसा भए अहिले बजारमा सजिलै प्लास्टिकका गुन्द्री पाइन्छ । गुन्द्री बुन्ने, प्रयोग गर्ने चलन नै हराउँदै गएको छ ।’

पछिल्लो समय तुलनात्मक रुपमा प्लास्टिकको गुन्द्री चिसो हुन्छ । विगतमा त झनै गाउँघरमा पाइने बाबियोको डोरीको तान लगाएर गुन्द्री बुन्ने प्रचलन रहेको थियो । तर, अहिले कहीँकतै गुन्द्री बुन्दा सुतारीको डोरी प्रयोग गरिन्छ । सुतारीको डोरीमा बुनेको गुन्द्रीभन्दा बाबियोले बुनेको गुन्द्री धेरै राम्रो र टिकाउ हुने हुन्छ । 

गाउघरमा बाबियो काटेर । बाबियो बाटेर तान लगाई गुन्द्री बुन्ने प्रचलन थियो । अहिले त बाबियो पनि छैन। बाबियो, परालको गुन्द्रीको प्रयोग घट्दै गएको छ। 

गुन्द्री बुन्ने तरिकाः  घर नजिक समथर बारीमा चार किला गाडिन्छ। तलमाथिका किलामा नै दुईवटा काठ तेर्स्याइन्छ । काठको  हतासोभित्र प्वाल हुन्छ त्यहा डोरी छिराइन्छ । डोरी काठमा बाँधिन्छ ।

गुन्द्रीका लागि सर्लक्क परेका लामो लामो धानको पराल हाली दायाँबायाँ हातैले बिट मारिन्छ । अनि हतासोले ठोकिन्छ । यसरी  गुन्द्री बुनिन्छ । लामो परालको गुन्द्री बुन्न सजिलो हुने र गुन्द्री राम्रो हुने हुन्छ। निरन्तर बुनेमा एकदिनमै एउटा गुन्द्री बुन्न सकिन्छ । तर गुन्द्री बुन्न दिनभरि नै पलेटी मारेर बस्नुपर्ने भएकाले केही सकस हुन्छ। 

नयाँ गुन्द्री बिछ्याउँदा इज्जतः पुराना पुस्ताका अनुसार घरमा आएका पाहुनालाई नयाँ गुन्द्री निकालेर बस्न आग्रह गर्दा प्रतिष्ठाको विषय हुन्छ । इज्जत हुन्छ। तर अहिले परालको गुन्द्रीको सट्टामा प्लास्टिकजन्य गुन्द्रीको प्रयोग बढ्न थालेको छ । घरमा आएकालाई अचेल बस्नलाई आधुनिक कुर्सी, बेञ्च दिने प्रचलन रहेको छ । 

गुन्द्री बुन्नु आफ्नो आवश्यकता पूरा गर्नुमात्र नभइ आत्मनिर्भर पनि बन्नु हो । गाउँघरमै प्लास्टिकजन्य गुन्द्रीको प्रयोगले परनिर्भर बनाउनुका साथै पुर्ख्यौली सिप, हस्तान्तरण गर्ने संस्कृतिमा पनि कमी आएको छ । नयाँ पुस्ताले चासो नदिनुका साथै परम्परागत सिप हस्तान्तरणको अभावमा गाउँघरमै अहिले गुन्द्री बुन्न जान्नेको सङ्ख्या निकै कम छ । 

नेपाली समाजमा विवाह गरेको घर तथा कोही बितेको एक वर्ष नपुगेसम्म गुन्द्री बुन्न नहुने धार्मिक परम्परा ररेको छ  । आधुनिकता र सजिलोको नाममा हाम्रा मौलिक संस्कृतिसँग जोडिएका परम्परागत गुन्द्री, थर्कटी र चकटी बुन्ने, प्रयोग गर्ने चलन हराउँदै गएकोमा पुराना पुस्तालाई दुःख ब्यक्त गर्दछन् । यसको संरक्षण गर्नु जरुरी छ ।

नयाँ पुस्ताले चासो दिनुका साथै पुराना पुस्ताले पनि पुर्ख्यौली सिप हस्तान्तरण गर्न जागरुक भएमा हराउँन लागेका यस्ता मौलिक परम्परा, संस्कृति संरक्षण गर्न सकिने सरोकारवालाहरु बताउँछन्।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...