News Portal

  • किरात राई “कोयी” भाषाको साखेल गीत सार्वजनिक (भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ५९६ पटक

    काठमाडौं – किरात राई समुदायको महान चाड उधौली साकेलाको अबसरमा उधौली साकेलाकै दिन पारेर किरात राई “कोयी” भाषाको साखेल गीत आज सन्जिव कोयी युटुव च्यानल मार्फत सार्वजनिक भएको छ।

    चर्चित महागायक राजेशपायल राई, गायिका मेलिना राईको संयुक्त आवाजमा रहेको कोयी भाषाको साखेल गीतको शब्द शुत्रलाल राई एवम् कोयी भाषा श्रोतमा सन्जिब कोयीको रहेको गीतको संगीत चर्चित युवा संगीतकार अनिल कोयी राईले संगीत गरेका गीतको म्युजिक भिडियोमा चर्चित कलाकार उमेश राई र सुजता राईको मुख्य अभिनय रहेको म्युजिक भिडियो निर्देशक समेत संगीतकार अनिल कोयी राईले नै गरेका हुन्। सार्वजनिक गीतको ऐरेन्जर राजु कार्की, स्टुडियो ओपलमा रेकर्डिङ गरिएको हो। 

    विश्वका विभिन्न मुलुकमा रहेका किरात राई “कोयी” समुदायका सचेत भाषिक अभियन्ता र व्यक्तित्वहरुको सामुहिक सहयोगमा साखेल गीत निर्माण भएको किरात राई सोदेल कोयी/कोयु किम हङकङ निवर्तमान अध्यक्ष तथा सल्लाहकार हित बहादुर कोयी राईले हिमालीसंचारडटकमसंग बताए। अध्यक्ष राई यस परियोजनाका प्रमुख सल्लाहकार समेत हुन्। 

    अध्यक्ष राईका अनुसार “विगत ४ बर्ष अगाडी नै अडियो तयार भएको साखेल गीतलाई अध्यक्ष राईकै सक्रियता र विशेष सल्लाहमा मकाउबाट सन्जिब कोयी, बेलायतबाट शुत्रलाल राई र हङकङबाट स्वयम् अध्यक्ष राईको समन्वय एवम् संयोजकत्वमा “सोदेल साप्तेल” बोलको कोयी भाषिक साखेल गीतले पूर्णता पाएको हो।”

    यस परियोजना अन्तरगत बेलायतबाट किराता राई यायोक्खा बेलायतका अध्यक्ष मेजर योगेश कोयी राई, किराया प्रारम्भिक कार्यसमिति ग्रेटर रोसमोरका अध्यक्ष कृत बहादुर कोयी राई, किरात राई मांखिम तथा साकेला म्यानेजनेन्ट सिआईसी बेलायतका निर्देशक डा. प्रमोद कोयी राई, डा. योगेश कोयी राई बेलायत, क्या. सन्तोष कोयी राई, कोयी/कोयु समाज काठमाडौं नेपालका संस्थापक अध्यक्ष स्व. राजबहादुर कोयी राई, कल्पना कोयी राई बेलायत, खुम राज कोयी राई बेलायत, शुत्रलाल राई (शम्भु) बेलायत, खोटाङ सेवा समाज बेलायतका सदस्य तिर्थ बहादुर राई, गायक तथा लेखक, सुङदेल सेवा समाज बालायतका अध्यक्ष खिलेन्द्र कोयी राई, प्रदिप कोयी राई बेलायत

    त्यस्तै, हङकङबाट किरात राई सोदेल कोयी/कोयु किम हङकङका निवर्तमान अध्यक्ष तथा सल्लाहकार हित बहादुर कोयी राई किरात राई सोदेल कोयी/कोयु किम हङकङका निवर्तमान उपाध्यक्ष तथा सल्लाहकार टिका प्रसाद कोयी राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका अध्यक्ष प्रकाश कोयी राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका सदस्य भिम केशर कोयी राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका सचिव नैन सिंह कोयी राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका निवर्तमान सचिव डेन कुमारी कोयी राई, किरात राई सोदेल कोयी/कोयु किम हङकङका उपाध्यक्ष केशव कोयी राई, सोदेल कोयी/कोयु किम हङकङका सदस्य बालकुमारी साम्पाङ (कोयी) राई रहेका छन् ।

    त्यस्तै, बेलायत र हङकङभन्दा बाहिरका मुलुकहरुबाट किरात राई यायोक्खा मकाउका महासचिव सन्जिब कोयी राई, क्यानाडाबाट मित कोयी राई, आशिष कोयी राई र कोयी रोलेक्स, सिङगापुर प्रहरी संगठनमा कार्यरत सोदेल पुस्ताकलय खोटाङ सुङदेलका संयोजक रोशन राई (रुपास), अभिषेक कोयी राई र बर्ज कुमार राई (विकाश) उनी कराते खेलाडी समेत हुन्। उनले सन् २००८ मा ११ औं अखिल एशिया फुल कन्ट्याक्ट कराटे च्याम्पियनसिपका विजेता खेलाडी समेत हुन्। धरानकी गीतकार राधिका कोयी राई, काठमाडौंकी गीता देवी कोयी राई र रिस्ककी कविता कोयी राई लगायतका संयुक्त सहयोगमा उक्त गीत निर्माण भएको हो। 

    कोयी साखेल गीत यहाँ हेर्नुस् 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कुवेतमा हरितालिका तीज विशेष सांगीतिक कार्यक्रम–प्रमुख आकर्षण प्रीति आले

    कुवेत, भदौ १ – नेपाली कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि कुवेतमा आयोजित हुने...

    विद्युत् प्राधिकरणले सरकारसँग ५ अर्ब रुपैयाँ ऋण लिएर काम सुरु

    काठमाडौं, भदौ १ – नेपाल विद्युत् प्राधिकरणले नगद अभावका कारण सरकारले उपलब्ध गराएको ५ अर्ब...

    गोंगबुमा श्रीमतीको हत्या गरेर फरार भएका सन्तोष वीरगञ्जबाट पक्राउ

    काठमाडौँ, भदौ १ – गोंगबुमा आफ्नै श्रीमतीको हत्या गरी शव बक्स पलङभित्र लुकाएर फरार भएका...

    प्रधानमन्त्री ओलीको निर्देशन : १५ दिनभित्र अनावश्यक निकाय खारेजी वा गाभ्ने योजना ल्याउन आदेश

    काठमाडौँ, भदौ १ – प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी निकायलाई खारेजी, गाभ्ने वा...

    १० करोडको चेक बाउन्स प्रकरणमा गुन्डा नाइके राजु गोर्खाली पक्राउ

    काठमाडौं, भदौ १ – कुख्यात गुन्डा नाइके राजु गोर्खाली राजधानी काठमाडौंमा प्रहरीले नियन्त्रणमा लिएको छ।...