News Portal

  • माउन्ट मकालुले नयाँ विद्यार्थीलाई स्वागत, यस बर्ष एसईई उतिर्ण गरेका छात्राहरुलाई साईकल वितरण

    हिमालीसंचार संवाददाता
    ६१४ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ मा रहेको माउन्ट मकालु इग्लीस बोङिग स्कुलले कक्षा ११ का नयाँ विद्यार्थीहरुलाई स्वागत विदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

    विद्यालयको प्रागणमा एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका जना विधार्थीहरुलाई स्वागत तथा सम्मान गरिएको छ। उक्त कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिका मेयर दिलिप वगडीया, विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख रबिन्द्र पंण्डित, बिधालयका प्राध्यापक भक्तराज सुब्बा, बिधालयका फारुक रीजवी, जितेन्द्र राजवंशी, बिजय राजवंशी, सुम्मा सुब्बा  शिक्षक, शिक्षिका, तथा वडाअध्यक्षहरुकाे समते उपस्थितिसमेत रहेको छ।   

    यस क्षेत्रका छात्रछात्राहरुले भने बिराटनगरसम्म गएर उच्च शिक्षाका लागि जानू नपर्ने र आफ्नै घर आँगनमा उच्च शिक्षा लिन पाएकाेमा आफूहरु खुशी भएको मधु साहले बताईन। प्रमुख अतिथि बगडियाले भने, सामुदायिक बिधालय तथा निजि बिधालयमा अध्यन गरेर यस बर्ष एसईई उर्तिर्ण गरेका छात्राहरुलाई अबकाे केही साता भित्र साईकल बितरण गरिने र बिधार्थिकाे हाैसला बडाउनका लागि साईकल बितरण गरिन लागेकाे समेत बताए।   

    रंगेलीमै कक्षा ११ काे पठनपाठन गरि गुणस्तीय शिक्षा प्रदान गर्न बिधालयले अबसर प्राप्त गरेकाे र आभिभावक हरु काे सहयोग र साथ उतिकै आबस्यक रहेकाे र आगामी दिनहरुमा अन्य विषयहरु समेत थपिदै लैजाने जाने बिधालयका प्रिन्सिपल भक्तराज सुब्बाले बताए।

    सो अवसरमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई खादा र अविर साहित सम्मान गरिएको थियो। कार्यक्रममा विधार्थीहरुले विभिन्न गितहरुमा नृत्य तथा गायन प्रस्तुत  गरेर अतिथिहरुलाई मनोरंजन समेत गराएका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

    मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद...

    त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

    चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात...

    किराना पसलभित्रै लुकेको अर्बौंको क्रिप्टो कारोबार : हुण्डी र वन्यजन्तुका अवैध कारोबार पनि खुल्यो

    काठमाडौं, असार २६ – ललितपुरको सानेपास्थित एक सामान्य देखिने किराना पसलबाट करोडौंको अवैध कारोबारको जालो...

    कांग्रेसको अनुशासन कारबाहीलाई लिएर आन्तरिक तनाव, शेखर समूहको विरोध : ‘प्रतिशोधी कदम, मान्य हुँदैन’

    काठमाडौं, असार २६ – नेपाली कांग्रेसभित्र अनुशासनकाे विषयले फेरि अन्तरविरोध चर्किएको छ। निर्वाचनमा आफ्नै उम्मेदवारलाई...

    सुर्खेतमा अफिम कारोबार : पाँच किलोभन्दा बढी अफिमसहित एक पक्राउ, मुख्य नाइके अझै फरार

    सुर्खेत, असार २६ – सुर्खेत प्रहरीले ठूलो परिमाणको अवैध अफिम बरामद गर्दै एक जनालाई नियन्त्रणमा...