News Portal

किराया बेलायतको आठौ महाधिवेशन सम्पन्न, अध्यक्षमा मेजर योगेश कोयी राई

हिमालीसंचार संवाददाता
४९४ पटक

लण्डन – किरात राई यायोक्खा बेलायतको आठौ महाधिवेशन गत शनिवार लण्डनको साउथ ह्यारोस्थित सम्पन्न भएको छ। आठौं महाधिवेशनले अध्यक्षमा मेजर योगेश कोयी राई सर्वसम्मत निर्वाचित गरिएको छ ।

सन् १९८६ सालमा बेलायत सेनामा भर्ती भएका राई अबकासपछि सामाजसेवामा सक्रिय हुने सोच रहेको राईले बेलायत सेनामा कार्यरत रहदा नै किरात राई यायोक्खा बेलायतको नेतृत्व लिएका छन् । उनी बेलायत सेनाका वहालवाला मेजर हुन्। राईले नेपाली समुदायको बाक्लो बस्ति रहेको अल्ट्रासोट स्थित बेलायतमा श्रीलक्की ज्वलरी संचालन समेत गरिरहेका सफल ब्याबसायिक व्यक्तित्व समेत हुन्। 

महाधिवेशनले राईको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । किरात राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राई प्रमुख अतिथिको रुपमा भर्चुअल माध्यमबाट शुभकामना मन्तब्य व्यक्त गरेका अध्यक्ष राईले “किरात राईहरुको संख्या विदेशमा बढदै जानु सुखद पक्ष रहेको बताउदै संस्थालाई व्यक्ति केन्द्रीत भन्दा पनि विधि विधानको आधारमा सञ्चालन गर्नु पर्नेमा विशेष जोड दिएका थिए । कोही व्यक्ति आउँछ जान्छ, तर किरात राई यायोक्खा सदैव रखिरहने संस्था भएकाले विधि, विधानलाई सबैले शिरोपर गनुपर्ने अध्यक्ष राईको जोड थियो ।

त्यस्तै, उद्घाटन सत्रमा जनता समाजवादी पार्टीका केन्द्रीय नेता भगवान चाम्लिङ, नेपाल आदीवासी जनजाति महासंघ बेलायतका अध्यक्ष कर्मा पहाडी शेर्पा लगायतका अतिथिहरुले शुभकामना मन्तब्य राखेका थिए । शेर्पाले किरात राई यायोक्खा बेलायतलाई आदीवासी जनजाति महासंघले भरपुर सहयोग गर्ने समेत प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।

महाधिवेशनमा बेलायत भरका १३ वटा प्रारम्भिक कार्यसमितिका प्रतिनिधि तथा पर्यवेक्षक सहित २ सय ५० जना भन्दा बढिको सहभागीता रहेको महाधिवेशनमा प्रारम्भिक कार्यसमितिका प्रतिनिधिहरुले कार्यप्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए ।

बन्द सत्रमा संस्थाका महासचिव नरेश काङमाङ राईले प्रगति प्रतिवेदन, कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बन्द सत्रमा प्रस्तुत भएको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथी गहन छलफल समेत भएको थियो ।

महाधिवेशनमा संशोधित विधानलाई उपाध्यक्ष प्रेम राईले प्रस्तुत गरेका थिए। बन्द सत्रमा महासचिव नरेश काङमाङ राई, कोषाध्यक्ष धनराज राई र सहकोषाध्यक्ष प्रसाद राईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उपस्थित प्रतिनिधिहरुले सामुहिक रुपमा छलफल गरेका थिए । छलफलपछि प्रस्तुत भएका प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्बसम्मतले पास भएको थियो ।

बन्द सत्रका अध्यक्षता किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका पुर्वअध्यक्ष यशोदा राई र निर्वाचन समितिका अध्यक्ष, केन्द्रिय पुर्वअध्यक्ष डा. सुमाया राईले गरेकी थिइन । कार्यक्रमको उद्घाटन सत्रमा शुभकामना मन्तब्य उपाध्यक्ष राजकुमार राईले र कार्यक्रम सञ्चालन महासचिव नरेश काङमाङ राईले गरेका थिए । महाधिवेशनमा छलफल भएको बिषयमा डा. मूलवीर राई र गीतकार ईश्वर चाम्लिङले टिप्पणी गरेका थिए । टिप्पणीकर्ताको तर्फबाट टिप्पणी प्रस्तुत र घोषणापत्र डा. मुलवीर राईले गरेका थिए ।

अध्यक्षमा निर्वाचित भएपछि मेजर योगेश कोयी राईले तत्कालीन र दीर्घकालिन रणनीतिक अवधारणाहरु समेत सार्वजानिक गरेका छन् । अध्यक्ष राईले बेलायतमा रहेका सम्पुर्ण किरात राईहरुलाई एकताको सुत्रमा बाधेर अन्य जातजातिहरुसंग भाइचाराको रुपमा सम्बन्ध स्थापित गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए । 

फोटो फिचर

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...