News Portal

  • पुबुदु राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक नियुक्त

    हिमालीसंचार संवाददाता
    ३१० पटक

    काठमाडौं – पुबुदु दासानायकेलाई नेपाल क्रिकेट संघ (क्यान)ले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। क्यानको प्रशिक्षक छनोट समितिले दासानायकेलाई मुख्य प्रशिक्षकमा नियुक्त गर्ने निर्णयलाई शनिबार बिहान बसेको क्यानको बोर्ड बैठकले अनुमोदन गरेको हो।

    ५१ वर्षीय पुबुदु यसअघि सन् २०११ सालमा नेपालको प्रशिक्षक नियुक्त भएका थिए। त्यतिबेला उनले श्रीलंकन प्रशिक्षक रोय डायसको स्थान लिएका थिए। सन् २०१५ सालमा क्यानसँग विवाद भएपछि नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उनले पपुवान्युगिनीविरूद्ध अन्तिम खेल खेलाएका थिए । यद्यपी उनी आइसिसीको अनुरोधमा २०१७ सालमा विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि नेपालको कन्सल्ट्यान्ट प्रशिक्षक बनेका थिए। त्यतिबेला उनले नामिबिया भएको सिरिज र एमसिसीविरुद्धको सिरिजमा नेपाली टिम सम्हालेका थिए।

    पुबुदुको नेतृत्वमा नेपालले डिभिजन ४ हुँदै डिभिजन २ सम्म खेल खेलेको थियो । उनको प्रशिक्षणमा नेपालले सन् २०१४ सालको टी-२० विश्वकप समेत खेलेको थियो।

    नेपाल छाडेपछि उनी सन् २०१६ सालमा अमेरिकाको प्रशिक्षक नियुक्त भएका थिए । उनले सन् २०१९ सालमा अमेरिकाको प्रशिक्षक पदबाट राजनीनामा दिएका थिए। उनी तीन वर्षअघि एभरेस्ट प्रिमियर लिग (इपिएल) टिम भैरहवा ग्लाडिएर्टसका प्रशिक्षक नियुक्त भएका थिए । जसका कारण उनी तीन वर्षको बीचमा दुई पटक नेपाल आइसकेका छन् । पछिल्लो पटक पुबुदु गत सेप्टेम्बरमा नेपाल आएका थिए ।

    सन् २०११ सालमा नेपालको प्रशिक्षक नियुक्त हुनुअघि पुबुदु क्यानडाका प्रशिक्षक थिए । उनको प्रशिक्षणमा क्यानडाले सन् २०११ सालको एकदिवसीय विश्वकप खेलेको थियो। श्रीलंकाका पूर्व राष्ट्रिय खेलाडी पुबुदु क्यानडाका नागरिक हुन्। पुबुदुले सन् १९९३ देखि १९९४ सम्म श्रीलंकाको राष्ट्रिय टिमबाट खेलेका थिए। ११ टेस्ट र १६ एकदिवसिय खेल खेलेका विकेटकिपर ब्याट्सम्यान पुबुबुले सन् २००५ देखि २००६ सम्म क्याडनाबाट समेत खेलेका थिए।

    मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षक विहिन रहेको थियो । ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि ह्वाटमोरले राजीनामा दिएका थिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    गगन थापा : “महाधिवेशन नगर्नु कांग्रेस र नागरिक दुवैप्रति अन्याय हो”

    काठमाडौं, कार्तिक ११ – नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयले पुनः विवाद चर्काएको छ। महामन्त्री गगन थापा...

    जेनजी युनाइटेडका प्रतिनिधिहरू प्रधानमन्त्रीसँग भेट, एकता कायम गराउन आग्रह

    काठमाडौं, कार्तिक ११ – जेनजी युनाइटेडका नाममा संगठित नौ जना युवायुवती सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला...

    मेयर साहले गृहमन्त्री हटाउन भेटे प्रधानमन्त्री

    काठमाडौं, कार्तिक ११ — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग निकट युवा समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई...

    जापानमा निश्चित सिपयुक्त श्रमिक पठाउन मागपत्र प्रमाणीकरण सुरु

    काठमाडौं, कात्तिक ११ – जापानमा निश्चित सिपयुक्त श्रमिक (एसएसडब्लू) पठाउन मागपत्र प्रमाणीकरण सुरु भएको छ। जापानस्थित...

    जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ दल दर्ता

    काठमाडौं, कात्तिक ११ – जेनजी आन्दोलनपछि निर्वाचन आयोगमा दुई नयाँ राजनीतिक दल दर्ता भएका छन्।...