News Portal

अस्ट्रेलियामा मसल मोडेल प्रतियोगितामा परिक्षित श्रेष्ठलाई दुई स्वर्ण

हिमाली संचार संवाददाता
६८२ पटक

अस्ट्रेलिया – अस्ट्रेलियाको भिक्टोरिया राज्यको बालाराटमा जर्जिया हल्टनको प्रस्तुतिको रुपमा आयोजित बालाराट युरेका मसल मोडेल प्रतियोगितामा मेलबर्न निवासी नेपाली परिक्षित श्रेष्ठले दुई स्वर्ण पदक हात परेका छन । सम्भवतः मेलबर्नमा बस्ने नेपालीद्वारा यस किसिमको प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने उनी पहिलो नेपाली हुन । श्रेष्ठले मेन्स फिटनेस नोभिस र मेन्स फिटनेस अोपनतर्फ स्वर्णपदक प्राप्त गरेका हुन ।

प्रतियोगितामा अन्य राज्यका सहभागीहरु भए तापनि आयोजक राज्य भएको कारण भिक्टोरियाका प्रतियोगीहरुको बाहुल्यता थियो । प्रतियोगिताको तयारीको लागि परिक्षित श्रेष्ठले बिगत दुई महिनादेखि अस्ट्रेलियाका बिभिन्न प्रतियोगिताका च्याम्पियन बनिसकेका सन्तोषकुमार श्रेष्ठको  परामर्श अनुरुप कढा तयारी गर्दै आएका थिए । नियमित रुपमा सन्तोषकुमार श्रेष्ठको सम्पर्कमा रही अभ्यास गर्ने मात्रै नभएर खानपानका सम्बन्धमा पूर्णत: अनुशासनमा रही श्रेष्ठले खानपान उनकै  सुझाब अनुरुप गर्दै आएका थिए ।

यो बिजयसँगै परिक्षित आगामी अक्टोबर १३-१४ मा मेलबर्नमा आयोजना हुने राष्ट्रियस्तरको च्याम्पियनसिपमा सहभागी हुन योग्य भएका छन । प्रतियोगितामा प्राप्त सफलतापछि श्रेष्ठले यस किसिमको प्रतियोगितामा यसरी पहिलो पटक सहभागी हुँदा नै नेपालीको तर्फबाट यो किसिमको सफलता प्राप्त गरेर नेपाल र नेपालीको गौरबमा योगदान दिन सकेकोमा गौरवान्वित भएको महसुश गरेको बताउँदै श्रेष्ठले नेपाल र नेपालीको गौरव उच्च राख्न आगामी दिनमा आफूले सक्दो प्रयास गर्ने बताए ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...