News Portal

चिसो मौसममा सुन्तला सेवन गर्नूका फाइदाहरु

हिमालीसंचार संवाददाता
४८६ पटक

काठमाडौँ। चिसो मौसमका अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ। चिसो मौसममा तापमान कम हुने कारणले हाम्रो शरीरमा रोगप्रतिरोधी क्षमतामा कमी आउँछ। छालाहरु सुख्खा हुन्छन्। पाचन प्रक्रिया कमजोर हुन थाल्छ। यस्तो अवस्थामा सुन्तला खाँदा धेरै नै फाइदा गर्छ र यस्ता समस्याहरुबाट पनि बचाउँछ।

तौल घटाउन !

सुन्तलामा फाइबर पाइन्छ। यसले तौल घटाउन मद्दत गर्छ। साथसाथै पाचन प्रक्रियालाई पनि सन्तुलनमा राख्छ। घुलनशील फाइबर पेटमा लामो समयसम्म रहन्छ। र यसले तौल धेरै हुने समस्याबाट बचाउँछ। यसकारण शरीरमा क्यालोरीको मात्रा कम हुन्छ। सुन्तलाको रसभन्दा यसको फल धेरै लाभदायी हुन्छ।

रोग प्रतिरोधी क्षमता र छालाका लागि !

चिसा दिनहरुमा छाला, स्वास्थ्य, पाचन प्रक्रिया आदि खराब हुने सम्भावना बढ्छ। सुन्तलामा पाइने भिटामिन सीले शरीरका किटाणुहरुलाई रोक्ने भएकाले यसले रोग प्रतिरोधी क्षमताको पनि काम गर्छ। सुन्तलामा हुने भिटामिन सीले शरीरलाई जवान देखाउने काम गर्छ।

चिसो र रुघाखोकीबाट बचाउँछ !

चिसो मौसममा रुघाखोकी जस्ता समस्या देखापर्नु सामान्य नै हो। त्यसैले चिसो मौसममा धेरै सुन्तला खान सकिन्छ। हार्बर्ड हेल्थ पब्लिशिङमा छापिएको एक अध्ययनका अनुसार चिसो र रुघाखोकीबाट बच्नका लागि भिटामिन सी धेरै नै फाइदाजनक हुन्छ। सुन्तलाको सेवनले चिसोबाट बच्न सकिन्छ।

मुटुका लागि फाइदाजनक !

अमेरिकी हार्ट एसोसिएसनको एक अध्ययनका अनुसार अमिलो खानेकुरा, सुन्तला, अंगुर जस्ता फलफूलले स्ट्रोक हुनबाट बचाउँछ । यसमा हुने फ्लेवोनोइड्सले मुटुको रोगहरुबाट बचाउँछ । यसको सेवनले रक्त कोशिकाहरुको कार्य क्षमता बढाउँछ ।

मिर्गौलामा हुने पथ्थरीको सम्भावना कम !

पिसाबमा साइट्रेटको मात्रामा कमि आएमा मिर्गौलाको पथ्थरी हुने सम्भावना बढी हुन्छ। साइट्रेटमा एक प्रकारको साइट्रिक एसिड हुन्छ। पथ्थरीको आकार सानो भएको समयमा एक गिलास सुन्तलाको जुस पिउने गर्नुपर्छ। यसले पिसाबमा साइट्रेटको स्तर बढाउँछ। जसले पथ्थरी हुने सम्भावना कम हुन्छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...