News Portal

  • चिसो मौसममा सुन्तला सेवन गर्नूका फाइदाहरु

    हिमालीसंचार संवाददाता
    ३३७ पटक

    काठमाडौँ। चिसो मौसमका अमिलो र रसिलो फलफूल खाँदा शरीरलाई धेरै फाइदा पुग्छ। चिसो मौसममा तापमान कम हुने कारणले हाम्रो शरीरमा रोगप्रतिरोधी क्षमतामा कमी आउँछ। छालाहरु सुख्खा हुन्छन्। पाचन प्रक्रिया कमजोर हुन थाल्छ। यस्तो अवस्थामा सुन्तला खाँदा धेरै नै फाइदा गर्छ र यस्ता समस्याहरुबाट पनि बचाउँछ।

    तौल घटाउन !

    सुन्तलामा फाइबर पाइन्छ। यसले तौल घटाउन मद्दत गर्छ। साथसाथै पाचन प्रक्रियालाई पनि सन्तुलनमा राख्छ। घुलनशील फाइबर पेटमा लामो समयसम्म रहन्छ। र यसले तौल धेरै हुने समस्याबाट बचाउँछ। यसकारण शरीरमा क्यालोरीको मात्रा कम हुन्छ। सुन्तलाको रसभन्दा यसको फल धेरै लाभदायी हुन्छ।

    रोग प्रतिरोधी क्षमता र छालाका लागि !

    चिसा दिनहरुमा छाला, स्वास्थ्य, पाचन प्रक्रिया आदि खराब हुने सम्भावना बढ्छ। सुन्तलामा पाइने भिटामिन सीले शरीरका किटाणुहरुलाई रोक्ने भएकाले यसले रोग प्रतिरोधी क्षमताको पनि काम गर्छ। सुन्तलामा हुने भिटामिन सीले शरीरलाई जवान देखाउने काम गर्छ।

    चिसो र रुघाखोकीबाट बचाउँछ !

    चिसो मौसममा रुघाखोकी जस्ता समस्या देखापर्नु सामान्य नै हो। त्यसैले चिसो मौसममा धेरै सुन्तला खान सकिन्छ। हार्बर्ड हेल्थ पब्लिशिङमा छापिएको एक अध्ययनका अनुसार चिसो र रुघाखोकीबाट बच्नका लागि भिटामिन सी धेरै नै फाइदाजनक हुन्छ। सुन्तलाको सेवनले चिसोबाट बच्न सकिन्छ।

    मुटुका लागि फाइदाजनक !

    अमेरिकी हार्ट एसोसिएसनको एक अध्ययनका अनुसार अमिलो खानेकुरा, सुन्तला, अंगुर जस्ता फलफूलले स्ट्रोक हुनबाट बचाउँछ । यसमा हुने फ्लेवोनोइड्सले मुटुको रोगहरुबाट बचाउँछ । यसको सेवनले रक्त कोशिकाहरुको कार्य क्षमता बढाउँछ ।

    मिर्गौलामा हुने पथ्थरीको सम्भावना कम !

    पिसाबमा साइट्रेटको मात्रामा कमि आएमा मिर्गौलाको पथ्थरी हुने सम्भावना बढी हुन्छ। साइट्रेटमा एक प्रकारको साइट्रिक एसिड हुन्छ। पथ्थरीको आकार सानो भएको समयमा एक गिलास सुन्तलाको जुस पिउने गर्नुपर्छ। यसले पिसाबमा साइट्रेटको स्तर बढाउँछ। जसले पथ्थरी हुने सम्भावना कम हुन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...