News Portal

निर्मला हत्या छानबिनः डीएनए टेस्ट प्रहरीकै प्रयोगशालामा

हिमाली संचार संवाददाता
९०८ पटक

काठमाडौं, १५ असोज – काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका छन् । निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणको छानबिन देखि नेकपाको विवाद, प्रदेश ७ को राजधानी गलफती लगायत विषयलाई पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।

पहिलो पृष्ठमै भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीले फाइल नष्ट पारेकाे, मिसनमा जर्नेलका कोटा खारेज गरिएको, अश्लील १६ हजार वेबसाइट बन्द भएको, हलियालाई धनीको सूचीमा राखेर साहुलाई गरीबको सूचीमा राखिएको, संसदीय समितिका सभापतिहरुले सभापति गुहारेकोलगायत समाचार छन् ।

कान्तिपुरले ‘बाघको बाटोमा राजधानी’ शीर्षक दिएर प्रदेश ७ को राजधानी विवादबारे मुख्य समाचार छापेको छ । गोदावरी नगरपालिकाको तेघरी वन क्षेत्रलाई प्रदेश ७ को राजधानी बनाउने प्रदेशसभाको निर्णयपछि धनगढीमा आन्दोलन चर्केको छ ।

कान्तिपुरका अनुसार वातावरणीय प्रभाव मूल्यांकन र चुरे फेदीमा पर्न सक्ने दीर्घकालीन प्रभाव अध्ययनबिनै गरिएको निर्णयले वनसँगै जैविक मार्गसमेत मासिने खतरा औंल्याएका छन् ।

चुरेको १ किमि क्षेत्रसम्म ढुंगा संकलनसमेत गर्न नपाइने नियम रहेकोमा तेघरी वनक्षेत्रमा राधजानी बनाउने निर्णयअघि वातावरणीय प्रभाव मूल्यांकनसम्म गरिएको छैन ।

कान्तिपुरमै एस्काभेटर हाँक्ने महिलाबारेको एक सामग्री पनि छ ।

निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा केन्द्रित अन्नपूर्णले शान्ति मिसनमा जर्नेलका कोटा खारेज भएको लेखेको छ । समाचार अनुसार दुई साताअघि जंगी अड्डामा बसेको बैठकले शान्ति मिसनमा सैनिक अधिकारी पठाउने परम्परा खारेज गरेको हो ।

शान्ति मिसनको नियममा समेत केही परिमार्जन भएको छ । अन्नपूर्णका अनुसार पहिलोपटक जान ११ वर्ष सेवा गरेको हुनुपर्नेछ । पहुँचवाला लगत्तै शान्ति सेनामा जाने गरेकामा अब सेवा अवधि २० वर्ष पुगेको हुनुपर्छ । प्राविधिक र निश्चित क्षमता भएकाले तेस्रोपटक अवसर पाउने छन् ।

बिचौलिया रोक्न सर्वोच्चमा स्वचालित पेसीको तयारी गरिएकोलाई अन्नपूर्णले भित्री पृष्ठमा लेखेको छ ।

अन्नपूर्ण लेख्छ– मुद्दामा चलखेल र विवादको अन्त्यका लागि प्रविधिको प्रयोगमार्फत् स्वचालित पेसीको तयारीमा सर्वोच्च अदालत जुटेको छ । यो कामका लागि नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हाको संयोजकत्वमा प्राविधिकसहितको टोली गठन गरेका छन् ।

समितिले विदेशी अभ्यास, सुझाव र व्यावहारिकता सबै पक्षको अध्ययन गरेर सुझाव दिने गरी गृह कार्य थालेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाले निर्मला पन्तकाे नाममा न्यायको बलात्कार भएको निष्कर्ष निकाल्दै प्रहरीमाथि गम्भीर आंशका उत्पन्न हुँदासमेत डीएनए टेस्ट उसकै प्रयोगशालामा गरिएको लेखेको छ ।

‘निर्मलाको शवबाट संकलित नमूना आफूसँगै राखेर प्रहरीले आशंका गरिएका ३ जनाको रगतको नमूना मात्र केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइएको थियो’, नयाँ पत्रिका आफ्नो समाचारको अगाडि लेख्छ– रगतका आधारमा विधिविज्ञानले ३ जनाको डीएनए विश्लेषण गरेर रिपोर्ट प्रहरीलाई नै पठायो । प्रहरीले आफ्नो प्रयोगशालामा विश्लेषण गर्दा दुईथरी नमूना म्याच नभएको ठहर गर्यो । निर्मलाको शवबाट संकलित नमूना पनि पाएको भए विधिविज्ञानले नै म्याच गर्छ कि गर्दैन भनेर किटान गर्न सक्थ्यो । तर निर्णायक काम प्रहरीले आफैं गर्यो ।’

नयाँ पत्रिकामै भ्रष्टाचार लुकाउन यातायातका कर्मचारीद्वारा फाइल नै नष्ट पारिएको समाचार पनि छ । आर्थिक चलखेलका आधारमा परीक्षा र ट्रायलबिनै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण गर्ने यातायात व्यवस्था कार्यालय पर्साका कर्मचारीले भ्रष्टाचार लुकाउन फाइन नै गायब बनाएका हुन् ।

फाइल नष्ट पारे पनि उनीहरुले भ्रष्टाचार भने लुकाउन नसकेको नयाँ पत्रिकाले लेखेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका प्रमुखसहित ४ कर्मचारीविरुद्ध प्रमाण लुकाएको अभियोगसमेत थपेर आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गोरखापत्रले अश्लील १६ हजार वेबसाइट बन्द भएको, चिकित्सा शिक्षा विधेयक टुंगोमा पुर्याउन छलफल शुरू भएको लगायत शीर्षकका समाचारलाई पहिलो पृष्ठमा समेटेको छ ।

राजधानीले आज गरीब पहिचानका नाममा देखिएको विकृति केलाएको छ भने नेपाल समाचारपत्रले संसदीय समिति सभापतिहरुको सचिवालय व्यवस्थित नभएपछि सभामुख गुहारेको लेखेको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...