News Portal

मगर संघ मकाउले तिहारमा सामुहिक भाईटिकाको आयोजना ग’यो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७२७ पटक

मकाउ – मकाउमा गठीत मगर संघ मकाउले मकाउ स्थित हाक्साबीचमा एक कार्यक्रमको आयोजना गरेर नेपाली समुदायको दोस्रो ठुलो चाड तिहारको अबसरमा सामुहिक रुपमा भाईटिका तथा देउसी भौलो कार्यक्रम आयोजना गरेको छ।

मगर संघ मकाउले सामुहिक रुपमा आयोजना गरेको भाईटिका कार्यक्रममा गैरमगरहरुले समेत भाईटिका ग्रहण गरेको थिए। नेपालीहरुको दोस्रो ठुलो चाडको रुपमा लिईने भाईटिकाले चेली-माईतिको विशेष अन्तर सम्बन्ध जोडेको हुन्छ। अन्य विभिन्न धर्मानुसार यसको आफ्ना पृथक किम्बदन्ति रहेता पनी समग्र रुपमा नेपालीहरुले आफ्नो मौलिक चाडको रुपमा लिएका छन्। 

संघले आयोजना गरेको सामुहिक भाईटिका कार्यक्रममा संघका सदस्य चेलीहरु पुजा थापा मगर र देवी पुन मगरले उपस्थित माईतीहरुलाई सप्तरंगी टिका र फुलमाला लगाई दिएका थिए। यसरी मगर संघ मकाउले एतिहासिक रुपमा मकाउमा पहिलो पटक संयुक्त रुपमा भाईटिकाको आयोजना सम्पन्न गरेको हो। 

आयोजित कार्यक्रमा मगर संघ मकाउका अध्यक्ष सम्शेर थापा मगर डिउटीका कारणले उपस्थित हुन नसक्दा कार्यवाहक अध्यक्ष राम राना मगरको सभापतित्वमा औपचारिक कार्यक्रम शुरु गरिएको कार्यक्रममा देउसी खेलिएको थियो। कलाकार त्रिपक सिरिस मगर,  पुजा थापा मगरले आफ्नो मौलिक नृत्य सालैजो समेत प्रस्तुत गरेका थिए। 

आयोजित कार्यक्रममा मगर संघ मकाउका लागि विभिन्न क्षेत्रमा सहयोग गर्नु हुने आफ्ना सदस्यहरुलाई विशेष सम्मान समेत गरेको थियो । मकाउ सरकारमा विधिवत रुपमा दर्ता गर्न विशेष पहल र आवश्यक सहयोग गरेका संघका आफ्ना संरक्षक सदस्य सुदर्शन थापा मगरलाई सम्मान, सल्लाहकार सदस्य लगायदका अन्य कार्यसमितिका नया सदस्यहरुलाई समेत सम्मान गरेको थियो।  

आयोजित कार्यक्रम मगर संघ मकाउका सदस्य निर्मला थापा मगर र सघंका महासचिव भुवन पुन मगरले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए। 

कार्यक्रमका भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...