News Portal

मगर संघ मकाउले तिहारमा सामुहिक भाईटिकाको आयोजना ग’यो (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७८६ पटक

मकाउ – मकाउमा गठीत मगर संघ मकाउले मकाउ स्थित हाक्साबीचमा एक कार्यक्रमको आयोजना गरेर नेपाली समुदायको दोस्रो ठुलो चाड तिहारको अबसरमा सामुहिक रुपमा भाईटिका तथा देउसी भौलो कार्यक्रम आयोजना गरेको छ।

मगर संघ मकाउले सामुहिक रुपमा आयोजना गरेको भाईटिका कार्यक्रममा गैरमगरहरुले समेत भाईटिका ग्रहण गरेको थिए। नेपालीहरुको दोस्रो ठुलो चाडको रुपमा लिईने भाईटिकाले चेली-माईतिको विशेष अन्तर सम्बन्ध जोडेको हुन्छ। अन्य विभिन्न धर्मानुसार यसको आफ्ना पृथक किम्बदन्ति रहेता पनी समग्र रुपमा नेपालीहरुले आफ्नो मौलिक चाडको रुपमा लिएका छन्। 

संघले आयोजना गरेको सामुहिक भाईटिका कार्यक्रममा संघका सदस्य चेलीहरु पुजा थापा मगर र देवी पुन मगरले उपस्थित माईतीहरुलाई सप्तरंगी टिका र फुलमाला लगाई दिएका थिए। यसरी मगर संघ मकाउले एतिहासिक रुपमा मकाउमा पहिलो पटक संयुक्त रुपमा भाईटिकाको आयोजना सम्पन्न गरेको हो। 

आयोजित कार्यक्रमा मगर संघ मकाउका अध्यक्ष सम्शेर थापा मगर डिउटीका कारणले उपस्थित हुन नसक्दा कार्यवाहक अध्यक्ष राम राना मगरको सभापतित्वमा औपचारिक कार्यक्रम शुरु गरिएको कार्यक्रममा देउसी खेलिएको थियो। कलाकार त्रिपक सिरिस मगर,  पुजा थापा मगरले आफ्नो मौलिक नृत्य सालैजो समेत प्रस्तुत गरेका थिए। 

आयोजित कार्यक्रममा मगर संघ मकाउका लागि विभिन्न क्षेत्रमा सहयोग गर्नु हुने आफ्ना सदस्यहरुलाई विशेष सम्मान समेत गरेको थियो । मकाउ सरकारमा विधिवत रुपमा दर्ता गर्न विशेष पहल र आवश्यक सहयोग गरेका संघका आफ्ना संरक्षक सदस्य सुदर्शन थापा मगरलाई सम्मान, सल्लाहकार सदस्य लगायदका अन्य कार्यसमितिका नया सदस्यहरुलाई समेत सम्मान गरेको थियो।  

आयोजित कार्यक्रम मगर संघ मकाउका सदस्य निर्मला थापा मगर र सघंका महासचिव भुवन पुन मगरले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए। 

कार्यक्रमका भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...