आज : २०२६-०७-२२, बुधबार

दियो बालेर अमेरीकी राष्ट्रपति बाइडेनले दिए दिपावलीको शुभकामना!

गौतम सागर राई/कोलोराडो – अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको दियो बालेका छन्। तिहारको दिनलाई नेपाली समुदायले दिपावली र भारतीयले दिवालीका रुपमा मनाउँदै आएका छन् ।

प्रथम महिला जिलसहित उनले दिपावलीको अवसरमा संसारभरका सबै नागरिकका लागि शुभकामना दिएका हुन्। बाइडेनले राष्ट्रपति निवास ह्वाइट हाउसमा दियो बालेको तस्वीर सहित दिवालीको शुभकामना दिएका हुन्। 

नेपाली समयअनुसार बिहीबार राति साढे ८ बजे बाइडेनले दीपावलीको शुभकामना दिएका हुन्। ‘दिवालीको प्रकाशले हामीलाई सधैँ हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ भन्ने सम्झाओस्’, उनले भनेका छन्, ‘विभाजनपछि एकता आउनेछ, दु:खपछि आशा पलाउनेछ।’

उनले दिवालीका अवसरमा यसको उत्सव मनाइरहेका हिन्दु, शिख, जैन र बौद्ध धर्मालम्बी जस्तै संसारका समुदायहरुमा शुभकामना व्यक्त गरेका हुन् ।