News Portal

दियो बालेर अमेरीकी राष्ट्रपति बाइडेनले दिए दिपावलीको शुभकामना!

हिमालीसंचार संवाददाता
२५५ पटक

गौतम सागर राई/कोलोराडो – अमेरिकी राष्ट्रपति जो बाइडेनले दिपावलीको दियो बालेका छन्। तिहारको दिनलाई नेपाली समुदायले दिपावली र भारतीयले दिवालीका रुपमा मनाउँदै आएका छन् ।

प्रथम महिला जिलसहित उनले दिपावलीको अवसरमा संसारभरका सबै नागरिकका लागि शुभकामना दिएका हुन्। बाइडेनले राष्ट्रपति निवास ह्वाइट हाउसमा दियो बालेको तस्वीर सहित दिवालीको शुभकामना दिएका हुन्। 

नेपाली समयअनुसार बिहीबार राति साढे ८ बजे बाइडेनले दीपावलीको शुभकामना दिएका हुन्। ‘दिवालीको प्रकाशले हामीलाई सधैँ हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ भन्ने सम्झाओस्’, उनले भनेका छन्, ‘विभाजनपछि एकता आउनेछ, दु:खपछि आशा पलाउनेछ।’

उनले दिवालीका अवसरमा यसको उत्सव मनाइरहेका हिन्दु, शिख, जैन र बौद्ध धर्मालम्बी जस्तै संसारका समुदायहरुमा शुभकामना व्यक्त गरेका हुन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...