News Portal

मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक जनाको मृत्यु

हिमालीसंचार संवाददाता
४५१ पटक

उर्लाबारी – पूर्वपश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारी-४ आइतबारे स्थित बसले मोटरसाइकललाई ठक्कर दिँदा नरेन्द्र ढुंगानाको घटनास्थलमै मृत्यु भएको छ।

दिउँसो १ बजे पश्चिमतर्फ गइरहेको को १ ख ७८२८ नम्बरको बसले प्रदेश १-०२०४१प४४०८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाइकल चालक उर्लाबारी वडा नं. ४ का ६५ बर्षीय नरेन्द्र ढुंगानाको घटनास्थलमै मृत्यु भएको हो।

उर्लाबारी वडा नं. ४ आईतवारेका स्थायी निवासी ढुंगाना उर्लाबारी-२, सुनपकुवा माध्यमिक विधालयका पुर्वप्रधानअध्यापक एवम् उर्लाबारी -७ स्थित रहेको भृकुटी माध्यमिक विधायलयका संस्थापक समेत हुन्।

बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ। स्थानीयले पूर्वपश्चिम चल्ने सवारी आगगमन ठप्प पारेका थिए। स्थानीयको अबरोधका कारण घटनास्थलबाट प्रहरीले शव उठाउन सकेको थिएन्। प्रहरीले दोषी उपर कानूनी कारवाही गर्ने बताएको छ। 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...