News Portal

धनधान्यकी देवी लक्ष्मीलाई खुसी पार्न यी ५ काम गर्नुहोस् !

हिमालीसंचार संवाददाता
४३९ पटक

काठमाडौँ।
दीपावलीअघि वा दीपावलीको दिन तपाईंले अनेक प्रकारका कामहरू गर्नुहुन्छ। तर दीपावली गर्नुभन्दा अगाडि केही विशेष काम गरेमा तपाईंकाे घरमा लक्ष्मी प्रसन्न हुने कुराबारे सायदै तपाईंलाई जानकारी होला। प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको औँसीमा दीपावली तथा लक्ष्मीपूजा मनाइन्छ। यसपटकको दीपावली आज (बिहीबार) परेको छ।

दीपावलीका दिन धनधान्यकी देवी लक्ष्मी भित्रिन्छन् भन्ने आम जनविश्वास छ र यसैका लागि दीपावली गर्दै लक्ष्मीपूजा गरिन्छ। जब माता लक्ष्मी तपाईको घरमा आउछिन्, तब तपाईका ती ५ विशेष काम देखेर खुसी हुनेछिन्। संस्कृति विज्ञहरुका अनुसार घरमा दीपावली गर्नुअघि यी काम गर्नुहाेस्–

१) लिपपोत/रङरोगन:
वर्षातको समयमा घरभित्र रंग तथा इनामेल उप्किने, ढुसी पर्नेजस्ता कामले घर फोहोर भएको हुन्छ। तब वर्षात् समेत सकिएपछि आउने तिहारका बेला सम्पूर्ण घरको सफाइ गर्न र रङरोगन एवं लिपपोत गर्न आवश्यक छ। मान्यता अनुसार जहाँ बढी सरसफाइ र सुग्घर देखिन्छ, त्यही नै लक्ष्मीको वास हुन्छ।

२) वन्दनवर अर्थात् विशेष माला:
आँप वा पिपलको नयाँ नरम पातको मालालाई वन्दनवर भनिन्छ। यो प्रायः दीपावलीको दिन ढोकाको माथितिर बाँधिन्छ। यी पातहरूको मीठो सुगन्धबाट आकर्षित भएर देवताहरू घरमा प्रवेश गर्छन् भन्ने मान्यता नै यसको सुन्दर तथ्य हो।

३) दैलोलाई सुन्दर बनाउनुहोस्: 
दीपावलीमा मूलढोका र दैलोको धेरै महत्त्व छ। यदि दैलोमा टुटफुट भएको, चर्किएको छ भने यसलाई मर्मत गर्नुहोस् र बलियो एवं सुन्दर बनाउनुहोस्। हाम्रो घरमा कोही पस्यो भने दैलो पार गरेर मात्रै आउन सक्छ। सीधै घरभित्र पस्न सकिँदैन। लक्ष्मी भित्र्याउन पनि साजसज्जा गरेर दैलो र ढोका सिँगार्ने गरिन्छ।

४) रंगोली:
रंगोली वा मण्डला शुभदायक मानिन्छ। यस कलालाई चौसठी कलाभित्रै स्थान दिइएको पाइन्छ। चाडपर्व र धेरै शुभ अवसरहरूमा घर–आँगनलाई रंगोलीले सुन्दर ढंगले सजाइन्छ। यसो गर्नाले घर–परिवारमा सधैँ मंगल र सौभाग्य प्राप्त हुन्छ।

५) दियो/बत्ती:
परम्परागत दियो या बत्ती बाल्ने भाँडो माटोको मात्र बनाइन्छ। यसमा ५ तत्व छन्– माटो, आकाश, जल, अग्नि र वायु। हिन्दू रीतिरिवाजमा पाँच तत्वको उपस्थिति अनिवार्य मानिन्छ। त्यसैले माटोबाट बनेका पाला या बत्ती बाल्नुहोस्। अझ धनतेरसकै दिनबाट दियो र बत्तीहरु बालेर घरलाई उज्यालो बनाउनुहोस्। यो देखेर माता लक्ष्मी प्रसन्न हुनेछिन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...