News Portal

एसपीको डिएनए रिपोर्ट म्याच नभएकै दिन कांग्रेसको मागले हँगामा !

हिमाली संचार संवाददाता
८१४ पटक

बेनी – प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता अर्जुन नरसिङ केसीले निर्मला पन्तको बलात्कारपछि भएको हत्याको विषयमा सरकारद्वारा गठित छानविन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् ।

नेपाल प्रेस युनियन म्याग्दीको सातौं साधारणसभा तथा पाँचौ अधिवेशनलाई आइतबार बेनीमा उद्घाटन गर्दै नेता केसीले प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् । उनले कम्युनिस्ट शासन आएपछि देशको शान्ति सुरक्षाको अवस्था खस्कँदै गएको दाबी गरे ।

प्रतिवेदन सार्वजनिक गर्न कांग्रेसले कम्युनिस्ट सरकारलाई दवाव दिँदै आएको छ । तर, सरकारले अटेर गरेर प्रतिवेदन सार्वजनिक गर्न मानेको छैन ।

‘छानविन समितिको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले वास्तविकता लुकाएर पीडकले उन्मुक्ति पाउने वातावरण बनाएको छ’, कांग्रेस नेता केसीले भने, ‘प्रधानमन्त्रीको उत्तेजित र गृहमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले शंका उब्जाएको छ ।’

जनतालाई कर र महँगीको भार थोपरेको भन्दै केसीले सरकारको कडा आलोचन गरेका छन् ।

यसैबीच, प्रेस युनियन म्याग्दीको अधिवेशनले राकेश शर्माको सभापतित्वमा प्रेस युनियन म्याग्दीको नयाँ कार्यसमिति चयन गरेको छ ।

बेनी अनलाईनका हरिकृष्ण गौतमलाई पाँच हजार रुपैयाँ राशीको प्रेस युनियन पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...