News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाली सेनाको हेलिकप्टरमार्फत् ५ दिनदेखि सुत्केरी ब्यथा लागेकी महिलाको उद्दार

    हिमालीसंचार संवाददाता
    २२३ पटक

    मुगु। 
    पाँच दिन देखि सुत्केरी ब्यथा लागेर उच्च रक्तश्राप भई जिल्ला अस्पातल मुगुमा भर्ना भएकी महिलाको अस्पातलमा उपचार हुन नसकेपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्दार गरिएको छ।

    सुत्केरी ब्यथा लागेर अत्यधिक रक्तश्राप भएर मुगु अस्पतालमा भर्ना भएकी छाँयानाथ रारा नगरपालिका–१० झाकोटकी २१ वर्षिया मनिषा बुढाकाे सेनाको हेलीकप्टरमार्फत उद्दार गरि थप उपचारका आइतबार कर्णली प्रदेश अस्पातल सुर्खेत लगिएको छ।

    हाल उनको सुर्खेतमा थप उपचार भइरहेको छ। पाँच दिन अघि अत्यधिक रक्तश्राप भई जिल्ला अस्पताल मुगु ठिनीमा उपचारका लागि उनलाई परिवारले भर्ना गरेको थियो तर, जिल्ला अस्पातलमा उनको उपचार गर्न सम्भव नभएपछि तत्काल राष्ट्रपति उत्थान कार्यक्रमअन्तर्गत सेनाको हेलीकप्टरमार्फत् थप उपचारका सुर्खेत लगिएको हो।

    २१ वर्षिया बूढाले पहिलो सन्तानका रुपमा बच्चालाई जन्म दिन लागेकी थिइन् तर, बच्चा जन्मनका लागि समय नपुगको र बूढाको शरीरमा उच्च रक्तश्राप हुँदा हेमोग्लोबिन घटेको थियो। चिकित्सकले रगत कमी भएपछि रगत चढाउदा पनि हेमोग्लोविन बढेन।

    शल्यक्रिया गरेर आमाको ज्यान बचाउन सकिने भएपनि बच्चाको ज्यान जोखिम हुने देखिएपछि चिकित्सकको सल्लाहबमोजिम जिल्ला प्रशासन कार्यालयको समन्वयमा हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएका उपचारमा संलग्न डाक्टर मिना काफलेले जानकारी दिइन्।

    आइतबार बिहान १० बजे गृह-मन्त्रालयमा यसबारे जानकारी गराई तत्कालै सुर्खेतबाट हेलिकप्टर झिकाई थप उपचारका लागी सुर्खेत पठाईएको मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत बताउँछन्।

    जिल्ला अस्पतालमा अहिले माथिल्लो निकायमा दक्ष डाक्टर नहुँदा पछिल्लो समयमा मुगु जिल्ला अस्पतालमा आएका जटिल प्रकृतिका बिरामीहरुको उपचार गर्नका निकै समस्या भएको देखिन्छ। प्रदेश सरकारमा धेरै पटक मुगुमा डाक्टर ल्याउनका लागि पत्रचार भए पनि अझैँ यसबारे कुनै व्यवस्था हुन सकेको छैन।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १०, २०८२ (मे २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

    काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा...

    प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

    पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका...

    रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

    काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध...

    गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

    काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा...