News Portal

अस्ट्रेलियामा श्रीमानको ज्यान लिने नेपाली महिलालाई सुनायो यस्तो सजाय

हिमालीसंचार संवाददाता
३३३ पटक

सिड्नी।
रक्सी पिएर आएको श्रीमानसँग पैसाको कारण विवाद बढ्दै गएपछि कैंची प्रहार गरी ज्यान लिने एक नेपाली महिलालाई अस्ट्रेलियाको अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ। सिड्नीको ग्रानभिल एरीयामा अटो ग्यारेज सञ्चालन गर्दै आएका नेपाली युवा सन्तोषको घरायसी झगडामा आफ्नै श्रीमतीद्वारा कैची प्रहार गरी ज्यान गएको थियो।

अदालतले यो घटनालाई भवितब्यका रूपमा मान्दै उनलाई तीन वर्षको मात्र सजाय सुनाएको छ। तीन वर्ष अर्थात रात र दिन दुबै गनिँदा डेढ वर्ष अर्थात उनी आगामी नोभेम्बरमा सजायमुक्त हुने भएकी छिन्।

सन् २०१९ नाभेम्बर २३ मा स्थानीय ग्रानभिलमा भएको घटनामा उनका पति सन्तोषको ज्यान गएको थियो। सुरूमा सन्तोषले उनलाई कैंचीले तिघ्रामा हानेको र यसैका आवेगमा आफूले प्रतिवाद गर्दा घटना भएको उनले बताएकी थिइन्।

आफूहरूबीच पैसाको विषयलाई लिएर विवाद भएको उनले अदालतसमक्ष बयान दिएकी थिइन्। श्रीमान सन्तोषको मदिराको लत भएको र यौन दुव्र्यवहारसमेत गर्ने गरेको उनले बताएकी थिइन्। निज रक्सीको सुरमा घरमा आउने र हरेक पटक यौन सम्पर्कको प्रस्ताव गर्ने गरेकाले आफू आजीत बनेको बताएकी थिइन्। यस्तो यौनसम्पर्क गर्भनिरोधक साधनबीना हुने गरेको र यसैकारण कयौं पटक गर्भपतनसमेत गराउनुपरेको उनले न्यायाधीशसामू बताएकी थिइन्।

घटना भएको दिन सन्तोष घर आइपुग्दा श्रीमतीले खाताबाट २ हजार डलर झिकिएको थाहा पाएपछि विवाद सुरू भएको उनले बयानको क्रममा बताएकी छिन्। यसक्रममा सन्तोषले सुरुमा जगल्ट्याएर कैंचीले तिघ्रामा हानेको र यसको प्रतिवाद गर्दा निजको घाँटीमा लागेको उनको बयान थियो। यसपछि अत्यधिक रक्तश्रावको कारण सन्तोषको मृत्यु भएको थियो।

उनको मुद्दाको फैसला गर्ने न्यायाधीशलेसमेत यौन दुर्व्यवहारको विषयलाई प्रमुख जोड दिँदै घटना भवितब्यमा हुन गएकाले कम सजायको भागिदार भएको निचोड निकालेका थिए। अदालतमा सुनवाईको क्रममा ती महिलाले नेपाल गएर आफू नयाँ जीवन सुरु गर्न नसक्ने बताए पनि अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय हुनेगरी अपराध गर्ने आप्रवासीलाई जेल सजायपछि देश निकाला गरिने नियम छ।

परिवारका सदस्य र अन्य कारण यो सम्भव नहुने भन्दै उनले डिपोर्ट नगर्न अनुरोध गरेकी थिइन्। तर अदालतले सो अनुरोधलाई भने स्वीकार गर्न नसकिने बताएको छ। उनीहरूका एक छोरी पनि छिन् र उनलाई एक नेपाली परिवारले पश्चिम सिड्नीमा राखेर हेरचाह गर्दै आएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...