News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • अस्ट्रेलियामा श्रीमानको ज्यान लिने नेपाली महिलालाई सुनायो यस्तो सजाय

    हिमालीसंचार संवाददाता
    २३३ पटक

    सिड्नी।
    रक्सी पिएर आएको श्रीमानसँग पैसाको कारण विवाद बढ्दै गएपछि कैंची प्रहार गरी ज्यान लिने एक नेपाली महिलालाई अस्ट्रेलियाको अदालतले तीन वर्षको जेल सजाय सुनाएको छ। सिड्नीको ग्रानभिल एरीयामा अटो ग्यारेज सञ्चालन गर्दै आएका नेपाली युवा सन्तोषको घरायसी झगडामा आफ्नै श्रीमतीद्वारा कैची प्रहार गरी ज्यान गएको थियो।

    अदालतले यो घटनालाई भवितब्यका रूपमा मान्दै उनलाई तीन वर्षको मात्र सजाय सुनाएको छ। तीन वर्ष अर्थात रात र दिन दुबै गनिँदा डेढ वर्ष अर्थात उनी आगामी नोभेम्बरमा सजायमुक्त हुने भएकी छिन्।

    सन् २०१९ नाभेम्बर २३ मा स्थानीय ग्रानभिलमा भएको घटनामा उनका पति सन्तोषको ज्यान गएको थियो। सुरूमा सन्तोषले उनलाई कैंचीले तिघ्रामा हानेको र यसैका आवेगमा आफूले प्रतिवाद गर्दा घटना भएको उनले बताएकी थिइन्।

    आफूहरूबीच पैसाको विषयलाई लिएर विवाद भएको उनले अदालतसमक्ष बयान दिएकी थिइन्। श्रीमान सन्तोषको मदिराको लत भएको र यौन दुव्र्यवहारसमेत गर्ने गरेको उनले बताएकी थिइन्। निज रक्सीको सुरमा घरमा आउने र हरेक पटक यौन सम्पर्कको प्रस्ताव गर्ने गरेकाले आफू आजीत बनेको बताएकी थिइन्। यस्तो यौनसम्पर्क गर्भनिरोधक साधनबीना हुने गरेको र यसैकारण कयौं पटक गर्भपतनसमेत गराउनुपरेको उनले न्यायाधीशसामू बताएकी थिइन्।

    घटना भएको दिन सन्तोष घर आइपुग्दा श्रीमतीले खाताबाट २ हजार डलर झिकिएको थाहा पाएपछि विवाद सुरू भएको उनले बयानको क्रममा बताएकी छिन्। यसक्रममा सन्तोषले सुरुमा जगल्ट्याएर कैंचीले तिघ्रामा हानेको र यसको प्रतिवाद गर्दा निजको घाँटीमा लागेको उनको बयान थियो। यसपछि अत्यधिक रक्तश्रावको कारण सन्तोषको मृत्यु भएको थियो।

    उनको मुद्दाको फैसला गर्ने न्यायाधीशलेसमेत यौन दुर्व्यवहारको विषयलाई प्रमुख जोड दिँदै घटना भवितब्यमा हुन गएकाले कम सजायको भागिदार भएको निचोड निकालेका थिए। अदालतमा सुनवाईको क्रममा ती महिलाले नेपाल गएर आफू नयाँ जीवन सुरु गर्न नसक्ने बताए पनि अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय हुनेगरी अपराध गर्ने आप्रवासीलाई जेल सजायपछि देश निकाला गरिने नियम छ।

    परिवारका सदस्य र अन्य कारण यो सम्भव नहुने भन्दै उनले डिपोर्ट नगर्न अनुरोध गरेकी थिइन्। तर अदालतले सो अनुरोधलाई भने स्वीकार गर्न नसकिने बताएको छ। उनीहरूका एक छोरी पनि छिन् र उनलाई एक नेपाली परिवारले पश्चिम सिड्नीमा राखेर हेरचाह गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस्

    बेलायतस्थित नेपालीहरुको भरपर्दो डिजिटल थलो नेपालयुके डटकमको पुनः प्रकाशन सुरु

    लण्डन। ठिक २० वर्ष पहिले बेलायतमा रहेका नेपालीहरूलाई सु-सूचित गर्ने र जोडने उद्देश्यले सुरु गरिएको...

    बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको आर्थिक सहयोग

    काठमाडौँ। शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैरआवासीय नेपाली संघ...

    आजको राशिफल

    आज जेठ २४, २०८२ (जुन ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित...

    रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

    काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको...