News Portal

गायक नविनको कठीन सांगीतिक यात्रा, मुसहर समुदायमा जन्मेका कारण अपहेलित

हिमालीसंचार संवाददाता
४४२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको धनपालथान गाउँपालिका ३ स्थित बेतौनाका बुबा झस्का ऋिषिदेव र डोमनी ऋिषिदेव कोखबाट विस २०४० सालमा जन्मेका नवीन ऋिषिदेवले जन्मदिने आमाको काखको न्यानो माया पाएनन् ।

जन्मने बितिकै आमाको मृत्युपछि  टुहुरो भएका उनको बुबाले पुनःअर्को बिवहा गरेपछि उनको स्याहारसुसारमा बुवा र आमाले दिदै आईरहेका छन । आर्थिक अभावकै कारणले गर्दे सोही गाउँमा रहेको  शिव शक्ति माध्यमिक विद्यालय ७ कक्षा पढेर  उनले उच्च शिक्षा हासिल गर्ने नसकेका नवीनले बताए । 

उनलाई सानै उमेरदेखि गायक बन्ने चाहना रहेको आफू गीत गाउनका लागि उत्साहित भएका थिए। अहिलेसम्म मैथिली भाषमा करिब ९० वटा गीत गाएर रेकडिङ समेत गरेका छन्। उनले जनचेतनामूलक ऋिषिदेव समुदाय र दुर्वेसनी तथा कोरोनाको बारेमा समेत गीत, स्थानीयस्तरमा झल्कने गीत तथा  दिना भद्री  समुदायको कुलदेवता र दिनाभद्रि चालीसा समेत उसैले गाएका छन्। 

उनले निखिल उप्रेती र  गायक यस  कुमार संग राम्रो स्वर भएकै कारण सम्मान समेत पाएको र उहाँहरुले आफुलाई गीत गाउनका लागि हौसला समेत बढाएको उनले बताए। तर आफआफु मुसर समुदाय भएकै कारण कसैले सहयोग नगर्ने गरेको र विभिन्न  टीका टिप्पणी गर्ने गरेको र मुसहर भएकै कारण आफूले अपहेलित हुनु परेको उनको बुझाई छ।   

सामान्य आम्दानी गरेर उनले ७ लाख रुपैयाँसम्म खर्च गरेर तथा विभिन्न बित्तिय संस्थासंग ऋण   लिएर आफुले गीतका एल्बम समेत निकाल्ने गरेको  र अहिले कुनै पनि गाउँ जाने क्रममा गाउँ घरमा मेरो एल्बमको गीत गुन्जिदा आफू निकै हर्षित हुने गरेको बताए ।  

अहिले २१ औ शताब्दीमा समेत मुसहर भनेर हेप्ने समाजका कारणले आफुले गीत एल्बम निकाल्दा निरास हुने गरेको नवीनले हिमालीसंचार डटकमसंग बताए । 

उनले गीत सुटिङ गर्ने क्रममा रंगेली संसारी मंन्दिर, काली मंन्दिर, रंगेलीको आर्यघाट, दोहमना बजार, कर्सिया बजार लगायतका गाउँघरको पहिचानको  लागि आफुले सुटिङका क्रममा प्राथमिकतामा राखेर  गीत एल्बम निकाल्ने गरेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...