News Portal

‘अरुण वारी’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५२८ पटक

काठमाडौं – एक फरक एवम् ऐतिहासिक गीत भोजपुर जिल्लाका सेरोफेरो सम्बन्धि चरियत गीत चर्चित युवा संगीतकार आशकुमार राईको संगीत, गीतकार धिरज राईको शब्द रचना रहेको ‘अरुण वारी’ बोलको गीत सार्वजनिक भएको छ ।

सार्वजनिक म्युजिक भिडियो ‘अरुण वारी’ नेपाल म्युजिक अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गरिएको हो  । उक्त “अरुण वारी” बोलको गीतमा गायक तथा संगीतकार कृष्णभक्त राई, गायिकहरु कला राई, लीला राई र गायक रबिन्द्र राईको संयुक्त आवाज रहेको छ। उक्त गीतमा शब्द धिरज राई, संगीत आशकुमार राई र संगीत संयोजन कृष्णभक्त राईको रहेको छ ।

सार्वजनिक गीतको म्युजिक भिडियो स्टुडियो भर्सनमा तयार गरिएको छ। जसमा रेकडिस्ट मनोज सामसोन राई,मिक्सिङ र साउन्ड रेकर्ड राजु कार्कीले गरेका हुन् । किङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो छायांकन तथा सम्पादन नरोत्तम पाण्डेले गरेको हुन ।

भोजपुर जिल्लाका ९ स्थानीय निकायहरु मध्येका दुई नगरपालिकाहरु षढानन्द नगरपालिका र भोजपुरा नगरपालिका भित्र ७ गाउँपालिकाहरु साल्पासिलिछो गापा, ट्याम्केमैयुङ गापा, रामप्रसाद राई गापा, आमचोक गापा, अरुणा गापा, पौवाढुङमा गापा, हतुवागढी गाउँपालिकाहरु रहेको छन्।

त्यसैको ईतिहास, राजनीति, सभ्यता, प्रकृति, संस्कृति, जनजीवन सम्बन्धमा यस गीतमा भोजपुर जिल्लाको समग्र परिचयसहित गीतकारले चित्रण गरेका छन्। यस गीतलाई भोजपुर आन्को यात्रा  टिमले निमार्ण गरेको हुन । यो टिम भित्र जुझारु र जोशिलो युवाहरु रहेको छन ।

यहाँ म्युजिक भिडियो हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...