News Portal

साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

हिमालीसंचार संवाददाता
३७० पटक

काठमाडौं – साफ च्याम्पियनसिपको तेस्रो खेलमा नेपाल भारतसँग १ गोल अन्तरले पराजित भएको छ।

आइतबार राती पौने १० बजे माल्दिभ्समा शुरु खेलमा नेपाल भारतसँग १-० गोलअन्तरले पराजित भएको थियो । भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ मिनेटमा निर्णायक गोल गरेका थिए। 

पहिलो हाफ बराबरीमा रोक्न सफल भए पनि नेपालले दोस्रो हाफमा झनै फितलो प्रदर्शन गरेको थियो। जितसँगै भारतले लगातारको दुई बराबरी पहिलो जित निकालेको छ। यसअघि भारत बंगलादेश, श्रीलंकासँग बराबरीमा रोकिएको थियो।भारतले बारबार प्रयास गरे पनि गोल गर्नबाट चुकेको थियो। पूरा समय नेपाललाई दबाबमा राखेको भारतले गोल गर्न भने अन्तिमसम्म कुर्न पर्यो ।

खेलको ५७ मिनेटमा भारतले पाएको मौका खेर फाल्यो। भारतीय खेलाडीको प्रहार नेपालका गोलकिपरले उत्कृष्ट पञ्च गरी गोल टारेका थिए। त्यस्तै,  ६४ मिनेटमा भारतका खेलाडीले गरेको अर्को प्रहार पनि नेपालका डिफेन्डर दिनेश राजवंशीले रोकेका थिए।

त्यस्तै, ७७ मिनेटमा पाएको फ्रिकिकलाई भारतका सुनिल क्षेत्रीले हेडमार्फ पोस्टको दिशा दिए पनि बल सीधै नेपालका गोलकिपर किरणले हातमा पुगेको थियो।

यस्तै, खेलको ८० मिनेटमा कर्नरबाट प्रहार गरेको बल सुनिलले हेडिङमार्फत प्रहार गरे पनि पोस्टभन्दा अगाडि ठोक्किएर आकाशिएको थियो। तर ८२ मिनेटमा उनै सुनिल क्षेत्रीले किरण नजिकैबाट गरेको प्रहार गोलमा परिणत भयो। ८६ मिनेटमा नेपालका आयुष घलानले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। त्यसअघि नेपालले भारतविरुद्ध खासै गतिलो प्रहार गर्न सकेका थिएन। 

भारतले पाँच अंक जोडेको छ। तीन खेलबाट नेपालको भने ६ अंक छ। त्यस्तै माल्दिभ्सले आजै साँझ श्रीलंकाविरुद्ध १-० गोलको जित निकाल्दै नेपालसमान ६ अंक जोडेको छ। श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।

नेपालले भने अब हुने बंगादेशसँगको खेल जित्नैपर्ने हुन्छ। माल्दिभ्सले भारतलाई बराबरीमा रोकेको खण्डमा नेपाल पनि बंगलादेशसँग बराबरीमा रोकिए पनि नेपाल फाइनल पुग्नेछ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...