News Portal

  • साफ च्याम्पियनसिप : भारतसँग नेपाल पराजित

    हिमालीसंचार संवाददाता
    ३३६ पटक

    काठमाडौं – साफ च्याम्पियनसिपको तेस्रो खेलमा नेपाल भारतसँग १ गोल अन्तरले पराजित भएको छ।

    आइतबार राती पौने १० बजे माल्दिभ्समा शुरु खेलमा नेपाल भारतसँग १-० गोलअन्तरले पराजित भएको थियो । भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ मिनेटमा निर्णायक गोल गरेका थिए। 

    पहिलो हाफ बराबरीमा रोक्न सफल भए पनि नेपालले दोस्रो हाफमा झनै फितलो प्रदर्शन गरेको थियो। जितसँगै भारतले लगातारको दुई बराबरी पहिलो जित निकालेको छ। यसअघि भारत बंगलादेश, श्रीलंकासँग बराबरीमा रोकिएको थियो।भारतले बारबार प्रयास गरे पनि गोल गर्नबाट चुकेको थियो। पूरा समय नेपाललाई दबाबमा राखेको भारतले गोल गर्न भने अन्तिमसम्म कुर्न पर्यो ।

    खेलको ५७ मिनेटमा भारतले पाएको मौका खेर फाल्यो। भारतीय खेलाडीको प्रहार नेपालका गोलकिपरले उत्कृष्ट पञ्च गरी गोल टारेका थिए। त्यस्तै,  ६४ मिनेटमा भारतका खेलाडीले गरेको अर्को प्रहार पनि नेपालका डिफेन्डर दिनेश राजवंशीले रोकेका थिए।

    त्यस्तै, ७७ मिनेटमा पाएको फ्रिकिकलाई भारतका सुनिल क्षेत्रीले हेडमार्फ पोस्टको दिशा दिए पनि बल सीधै नेपालका गोलकिपर किरणले हातमा पुगेको थियो।

    यस्तै, खेलको ८० मिनेटमा कर्नरबाट प्रहार गरेको बल सुनिलले हेडिङमार्फत प्रहार गरे पनि पोस्टभन्दा अगाडि ठोक्किएर आकाशिएको थियो। तर ८२ मिनेटमा उनै सुनिल क्षेत्रीले किरण नजिकैबाट गरेको प्रहार गोलमा परिणत भयो। ८६ मिनेटमा नेपालका आयुष घलानले गरेको प्रहारले पोस्टको दिशा लिन सकेन। त्यसअघि नेपालले भारतविरुद्ध खासै गतिलो प्रहार गर्न सकेका थिएन। 

    भारतले पाँच अंक जोडेको छ। तीन खेलबाट नेपालको भने ६ अंक छ। त्यस्तै माल्दिभ्सले आजै साँझ श्रीलंकाविरुद्ध १-० गोलको जित निकाल्दै नेपालसमान ६ अंक जोडेको छ। श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ।

    नेपालले भने अब हुने बंगादेशसँगको खेल जित्नैपर्ने हुन्छ। माल्दिभ्सले भारतलाई बराबरीमा रोकेको खण्डमा नेपाल पनि बंगलादेशसँग बराबरीमा रोकिए पनि नेपाल फाइनल पुग्नेछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सम्झौता विवादित: मिराज ढुंगानाले सरकारसँगको १० बुँदे समझदारी अस्वीकारे

    काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री सुशीला कार्कीले केही जेन-जी समूहसँग गरेको १० बुँदे सम्झौता सार्वजनिक...

    पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा अख्तियारको भ्रष्टाचार छानबिन

    काठमाडौं, २५ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन...

    रिट खारेज गर्न ओलीको माग: “व्यक्तिगत आक्रोशका आधारमा दायर गरिएको छ”

    काठमाडौं, मंसिर २५ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटप्रति कडा प्रतिक्रिया...

    आरजु राणा देउवाको स्पष्टीकरण: “नोट जलेको भनी फैलाइएको प्रचार निराधार”

    काठमाडौं, मंसिर २५ – पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४...

    रंगेली प्रहरीद्वारा ९ सय केजी गाँजा बरामद

    रबिन्द्र बराल/ मोरङ, मंसिर २५ – मोरङको रंगेली–८ स्थित बिजुली अफिसको पश्चिमपट्टि, बीच खेतमा रहेको...