News Portal

हङकङ आएका ३ जना नेपाली कोरोना पुष्टि, फेरी नेपाल वायु सेवा निगम प्रतिबन्ध

हिमालीसंचार संवाददाता
४९१ पटक

युवा राई/हङकङ – हङकङमा सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवारको प्रेस ब्रिफिङमा हङकङमा नेपालबाट आएका ३ जान र अन्य देशबाट आएका ८ जानमा कोरोनाका बिमारी थपिएको जनाएको छ।

त्यस्तै, हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२५२ पुगेको छ। यसका साथै स्वास्थ्या विभागका अनुसार आज हङकङमा कोरोनाका संक्रमि सुन्य रहेको छ। 

बाहिरबाट आएका सङ्क्रमितमध्ये नेपालबाट आएका ३ जना पुरुष रहेका छन्। तीनै जनाले कोरोनाविरुद्ध १/१ डोज खोप लिएको जनाइएको छ। नेपालबाट आएका ३ यात्रुमा कोरोना पोजेटिभ देखिएसंगै हङकङ सरकारले नेपाल वायुसेवा निगमको RA409 हङकङमा ७ देखि २० अक्टोबरसम्म उडान प्रतिबन्ध लगाएको छ ।

त्यस्तै, अरु आयातित सङ्क्रमित केसहरुमा पाकिस्तानबाट ४ जना र एक जना फिलिपिन्सबाट आएकी घरेलु सहयोगी रहेका छन्।

पछिल्लो १४ दिनमा ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्। हङकङमा कोरोना सङ्क्रमित ५३ जनाको उपचार भइरहेको छ। आज थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...