News Portal

कुवेतको आराेसी कार्गोले नेपालमा दियो कार्गो पिडितलाई बाउन्स चेक

हिमालीसंचार संवाददाता
२६६५ पटक

कुवेत – सन् २०२० फेब्रुअरीमा ४० जनाले कुवेतको आराेसी कार्गोबाट नेपाल कार्गो गरेका थिए। काेभिड-१९ कै कारणले २०२० मार्च महिनामा नेपालमा लगडाउन भयाे। त्यसैकारणले गर्दै केही सामान ढिलाे हुने भयाे भनेर सबै ग्राहकलाई जानकारी दिईयाे। कोरोनाकै कारणले गर्दाखेरि ४/५ महिना ढिलो भयाे तर, धेरैले सामान पाएन।

यसैबीचमा एकजना कार्गो पीडित नवराज सुवेदीले हिमालीसंचारसँग कुरा गर्दै भन्नुभयो मलाई क्षतिपूर्तिबापत ४० हजारकाे चेक दिएको थियोे। बैंकमा गएर चेक साटन खोज्दा बैकमा एक रुपैया पनि नभएकाे जानकारी बैंकका कर्मचारीले जानकारी दिए।

बैंकका कर्मचारीले एक वर्षसम्म कुनै पनि रकम जम्मा नभएको जानकारी दिए। कुवेतबाट नेपाल कार्गो पठाउदा दुःखकष्ट भाेगनु परेकाे छ। सामान त पाएन तर, क्षतिपूर्तिबाट पाएकाे केहि रकम खालि कागजमा नै सिमित रहयाे। यसरी आराेसी कार्गो कुवेतले नेपालमा कार्गो पिडितलाई बाउन्स चेक दिए।

यसरी आराेसी कार्गोले बाउन्स चेक दिएर फेरि पिडितलाई झुक्याउने काम गर्दैछ। अब कसरी विश्वास गर्ने त सामाजिक सञ्जालमा विज्ञापन गरेर मात्रै भएन ब्यवहारमा उतार्न सक्दैनन्। त्यसैकारणले नेपालीहरुले खोलेको व्यवसायमा नेपालीहरु नै ठगिने क्रम बढ्दै छ।

प्रतिकृया दिनुहोस्

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई...

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...