News Portal

गीतकार प्रकाशकृष्णको ‘जीन्दगीको गीत’ एफएम स्टेशनबाट लोकार्पण (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६२९ पटक

काठमाडौं – गीतकार प्रकाशकृष्ण ‘बाक्सिला’को एकल शब्द रचना रहेको गीतिसंग्रह ‘जीन्दगीको गीत’ गत शुक्रबार रेडियो सिटी एफएम स्टुडियोबाट लोकार्पण गरिएको छ l

रेडियो कार्यक्रम प्रस्तोता हरिराम पौडेलले सो एल्बमका चर्चित युवा संगीतकार तथा संयोजक सन्तोष दुमी र वक्ता वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ अथिति रहेको कार्यक्रममा एल्बममा रहेका गीतहरु सार्वजनिक गरेका हुन् l 

सार्वजनिक लोकार्पण कार्यक्रममा अथिति सूर्य थुलुङ उपस्थितिमा एलबम लोकार्पण गरिएको थियो l एफएम, फेसबुक लाइभ समेत गरिएको सो कार्यक्रम बिहान ९ देखि १० बजेसम्म १ घण्टा प्रसारण भएको थियो l

सार्वजनिक गीतिसंग्रहमा ‘रातभरी जून रुँदा, हरपल तिमीसँगै बितोस्, त्यही रात एक चोटी, रावा खोला-ताप खोलाको फेदी दोभान, मेरो संसार भत्काएर र  रम्दै होलिन् माया मनकी’ बोलका ६ वटा गीत रहेका छन् l 

सार्वजनिक दुई वटा गीतमा सन्तोष दुमीको संगीत रहेको छ।  अन्य गीतमा कुबेर राई, शान्तिराम राई, विपिन घिमिरे र देवेश राईको संगीत रहेको छ l सार्वजनिक ५ वटा गीतमा कमल दुमी राईको एकल स्वर रहेको छ l एउटा युगल स्वरको गीतमा कमल दुमी र टीका प्रसाईको संयुक्त आवाज रहेको छ। 

सार्वजनिक गीतिसंग्रहको पूर्ण अंश संगीतकार सन्तोष दुमीको अफिसियल च्यानल मार्फत युटुवमा राखिएको छ। 

गीतकार प्रकाशकृष्ण बिगत लामो समयदेखि हङकङमा छन् । उनी प्रबासमा रहेर पनी साहित्य संगीतको अलावा पत्रकारीतामा समेत आफ्नो उपस्थिति राख्ने गीतकारले आफुले रचना गरेका गीतहरु एफएम मार्फत सार्वजनिक गरेका हुन्। 

म्युजिक भिडियो यहाँ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...