News Portal

गीतकार प्रकाशकृष्णको ‘जीन्दगीको गीत’ एफएम स्टेशनबाट लोकार्पण (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६७७ पटक

काठमाडौं – गीतकार प्रकाशकृष्ण ‘बाक्सिला’को एकल शब्द रचना रहेको गीतिसंग्रह ‘जीन्दगीको गीत’ गत शुक्रबार रेडियो सिटी एफएम स्टुडियोबाट लोकार्पण गरिएको छ l

रेडियो कार्यक्रम प्रस्तोता हरिराम पौडेलले सो एल्बमका चर्चित युवा संगीतकार तथा संयोजक सन्तोष दुमी र वक्ता वरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङ अथिति रहेको कार्यक्रममा एल्बममा रहेका गीतहरु सार्वजनिक गरेका हुन् l 

सार्वजनिक लोकार्पण कार्यक्रममा अथिति सूर्य थुलुङ उपस्थितिमा एलबम लोकार्पण गरिएको थियो l एफएम, फेसबुक लाइभ समेत गरिएको सो कार्यक्रम बिहान ९ देखि १० बजेसम्म १ घण्टा प्रसारण भएको थियो l

सार्वजनिक गीतिसंग्रहमा ‘रातभरी जून रुँदा, हरपल तिमीसँगै बितोस्, त्यही रात एक चोटी, रावा खोला-ताप खोलाको फेदी दोभान, मेरो संसार भत्काएर र  रम्दै होलिन् माया मनकी’ बोलका ६ वटा गीत रहेका छन् l 

सार्वजनिक दुई वटा गीतमा सन्तोष दुमीको संगीत रहेको छ।  अन्य गीतमा कुबेर राई, शान्तिराम राई, विपिन घिमिरे र देवेश राईको संगीत रहेको छ l सार्वजनिक ५ वटा गीतमा कमल दुमी राईको एकल स्वर रहेको छ l एउटा युगल स्वरको गीतमा कमल दुमी र टीका प्रसाईको संयुक्त आवाज रहेको छ। 

सार्वजनिक गीतिसंग्रहको पूर्ण अंश संगीतकार सन्तोष दुमीको अफिसियल च्यानल मार्फत युटुवमा राखिएको छ। 

गीतकार प्रकाशकृष्ण बिगत लामो समयदेखि हङकङमा छन् । उनी प्रबासमा रहेर पनी साहित्य संगीतको अलावा पत्रकारीतामा समेत आफ्नो उपस्थिति राख्ने गीतकारले आफुले रचना गरेका गीतहरु एफएम मार्फत सार्वजनिक गरेका हुन्। 

म्युजिक भिडियो यहाँ

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...