News Portal

  • चाडपर्व लक्षित रंगेली बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

    हिमालीसंचार संवाददाता
    ३०४ पटक

    रबिन्द्र बराल/मोरङ – चाडपर्व लक्षित सुरक्षा योजनाका लागि नेपाल प्रहरी परिचालन र बसपार्कमा यात्रु सहायता कक्ष रंगेली स्थापना गरिएको छ ।

    प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याउनका लागि प्रदेश प्रहरी कार्यालयले १४ जिल्लामा एकसाथ सुरक्षा योजना कार्यन्वयनमा ल्याएको हो। सोही कार्यक्रम  रंगेलीको बसपार्कमा समेत नगरीक साहयता कक्षको स्थापना गरिएको छ ।  

    प्रहरीले चाडपर्वमा घर बाहिर निस्कदाँ सावधानी अपनाउन समेत आग्रह गरेको छ । लामो समयसम्म घर बाहिर रहँदा रेखदेखका लागि छिमेकीसँग सहकार्य गर्न प्रहरीले आग्रह गरेको छ। संभावित जोखिम र आशंका लागेमा नजिकको प्रहरीलाई खबर गर्न र सहयोग लिन आग्रह समेत गरिएको छ ।   

    बसपार्कमा रहेका हेल्पडेस्कमा रहेका ट्राफिक प्रहरीसँग यात्रा दुरी, भाडादर लगायतका विषयमा जानकारी लिनका लागि समेत प्रहरीले आग्रह गरेको छ। सार्वजानिक सवारीमा चाडपर्वमा हुने बढी भीडभाडले कोरोना संक्रमणको जोखिम निम्त्याउने भएकोले यात्राका क्रममा सावधानी अपनाउनका लागि सबैले प्रहरीसँग समन्वय गर्नुपर्नेमा जोड दिइएका छन 

    कार्यक्रममा ईलाका प्रहरी कार्यालय रंगेलीका देव पुकार यादव, ट्राफिक ईन्चार्ज निलमणि पोख्रेल, स्थानीय बुद्धिजीवी तथा टेम्पु चालकहरुको समेत उपस्थिति रहेको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कोटेश्वर भाटभटेनीमा भेटिएका युवकको पहिचान, मृत्यु हुने संख्या ७४

    काठमाडौं, असोज १ – कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा भेटिएको युवकको परिचय खुलेको छ। काठमाडौं...

    ऊर्जा मन्त्री घिसिङको पहिलो निर्णय : डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउने तयारी

    काठमाडौं, असोज १ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै मन्त्री कुलमान घिसिङले पहिलो...

    एमालेद्वारा जेन–जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली

    काठमाडौं, असोज १ – नेकपा एमालेले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेको...

    सुदन गुरुङमाथि आक्रमण प्रयास, रानीबारीदेखि बानेश्वरसम्म पीछा

    काठमाडौं, असोज १ – हाम्रो नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार रानीबारीदेखि बानेश्वरसम्म आक्रमणको प्रयास भएको...

    जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

    संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका...