News Portal

चाडपर्व लक्षित रंगेली बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

हिमालीसंचार संवाददाता
३८६ पटक

रबिन्द्र बराल/मोरङ – चाडपर्व लक्षित सुरक्षा योजनाका लागि नेपाल प्रहरी परिचालन र बसपार्कमा यात्रु सहायता कक्ष रंगेली स्थापना गरिएको छ ।

प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याउनका लागि प्रदेश प्रहरी कार्यालयले १४ जिल्लामा एकसाथ सुरक्षा योजना कार्यन्वयनमा ल्याएको हो। सोही कार्यक्रम  रंगेलीको बसपार्कमा समेत नगरीक साहयता कक्षको स्थापना गरिएको छ ।  

प्रहरीले चाडपर्वमा घर बाहिर निस्कदाँ सावधानी अपनाउन समेत आग्रह गरेको छ । लामो समयसम्म घर बाहिर रहँदा रेखदेखका लागि छिमेकीसँग सहकार्य गर्न प्रहरीले आग्रह गरेको छ। संभावित जोखिम र आशंका लागेमा नजिकको प्रहरीलाई खबर गर्न र सहयोग लिन आग्रह समेत गरिएको छ ।   

बसपार्कमा रहेका हेल्पडेस्कमा रहेका ट्राफिक प्रहरीसँग यात्रा दुरी, भाडादर लगायतका विषयमा जानकारी लिनका लागि समेत प्रहरीले आग्रह गरेको छ। सार्वजानिक सवारीमा चाडपर्वमा हुने बढी भीडभाडले कोरोना संक्रमणको जोखिम निम्त्याउने भएकोले यात्राका क्रममा सावधानी अपनाउनका लागि सबैले प्रहरीसँग समन्वय गर्नुपर्नेमा जोड दिइएका छन 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय रंगेलीका देव पुकार यादव, ट्राफिक ईन्चार्ज निलमणि पोख्रेल, स्थानीय बुद्धिजीवी तथा टेम्पु चालकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...