News Portal

  • मोरङको कृषि विकास बैंकका प्रमुखले १ लाख घुस मागेको आरोप

    हिमालीसंचार संवाददाता
    २१० पटक

    रबिन्द्र बराल/मोरङ – कृषि विकास बैक रंगेलीका शाखा प्रमुखले सेवाग्राहिलाई ऋण दिए बापत सेवाग्राहीसंग १ लाख रुपैयाँ नदिने भएपछि ऋण स्वीकृति गर्ने आनाकानी भएपछि एक व्यपारीले मिडिया मार्फत हारगुहार गरेपछि अहिले कृषि विकास बैंक तरंगीत भएको छ।

    मोरङको रंगेली नगरपालिका ७ मा रहेको कृषि विकास बैंकले कृषक तथा ब्यापारीहरु संग खुलेआम घुस माग गरेर ऋण दिने गर्ने गरेको खुलासा भएको छ।   

    विपिन ट्रेडर्स र अटो लिंक संचालक विपिन कुमार मंण्डल र सचिन कुमार मण्डलले सॅचालनमा ल्याएको विपिन ट्रेडसले सुरुमा १४ बर्ष अगाडि १ लाख रुपैयाँ ऋण लिएर आफ्नो व्यवसाय संचालन गरेका थिए।

    सुरुको दिनदेखि नै राम्रो ऋणी समेत मनिन्थे पछिल्लो समयमा आफ्नो घरजग्गालाई घितोमा राखेर उनले सोही बैकबाट २ करोड ३० लाख  रुपैयाँ व्यपारी प्रयोजनका लागि माग गरेका थिए।

    एक महिना अगाडिदेखि कृषि बिकास बैकले ऋण दिने आश्वासन दिएपछि उनले कागजी प्रकृयामा १ देखि डेर लाख रुपैयाँ सम्म खर्च गरि सकेता पनि  तर असोज १३ गते उनले बैकमा सबै डकुमेन्ट समेत बुझाई सकेका थिए। सबै प्रकृया पछि उनले असोज १३ गते कार्यालय प्रमुख शम्भु साहले सो जग्गामा लगानी गर्ने सकिने तर १ लाखदेखि २ लाख रुपैयाँ रकम दिए मात्रै ऋण स्वीकृति गरिदिने भने पछि उनले कुनै रकम नदिने भनेपछि सो कुरा सतहमा आएको हो।

    कृषि विकास बैकका प्रमुखले १० लाख रुपैयाँ ऋण दिदा २० हजार रुपैयाँ, १५ लाखमा २५ हजार रुपैयाँ, ३० लाखमा ५० देखि १ लाख रुपैयाँ सम्म र १ देखि २ करोडौंको  १ देखि २ लाख रुपैयाँसम्म  रकम लिने गरेको पडित बिपिन मंण्डलले बताए।

    विपिन ट्रेडर्स र अटो लिंक संचालकका अनुसार  आफुले २ बिघा खेति योग्य जमिन, घर-घडेरी गरेर ५ करोडौं बराबरको सम्पति बैक जमिन धितो राखेर ऋणका लागि माग गरिएको भएता पनि बैकले भने मुल्यांकन कम भएको भन्दै उनलाई ऋण दिन आनाकानी गरेको छ। 

    कार्यलय प्रमुखले दुई लाख दिए माथिल्लो निकायसम्म दिनुपर्ने भन्दै आफूसंग रकम माग गरेको आरोप समेत लगाएका छन। कार्यालय प्रमुख शम्भू साहलाई टेलिफोन सम्पर्क गर्दा उनले भने आफुले कुनै पनी रकम माग नगरेको र ऋण मुल्यांकन नपुगेका कारणले ऋिण दिन नसकिए उनले बताए।  

    तर २० दिनदेखि दिने तयारीमा रहेको कृषि विकास बैकले अन्त्यमा आएर ऋण नदिदा रमक नदिएकै कारणले गर्दा ऋणि नदिएको बिपिन मंण्डलको बुझाई रहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...

    नारायणी नदी आसपास बाढीको खतरा : चितवन प्रहरीले माइकिङ गरी सतर्कता अपनाउन आग्रह

    चितवन, असार २४ — नारायणी नदीमा ठूलो बाढी पस्न सक्ने पूर्वानुमानसँगै चितवन प्रहरीले नदी किनार...

    तराईमा पानी नपर्दा खेत बाझै, किसान चिन्तित

    रविन्द्र बराल / मोरङ, असार २४ – मोरङको दक्षिणी भेगका कृषकहरू अहिले चिन्तामा छन् ।...

    रसुवागढी भन्सारमा बाढीको प्रकोप : मालसामान र संरचना क्षतिग्रस्त, कर्मचारी भने सुरक्षित

    काठमाडौं, असार २४ – रसुवागढी क्षेत्रमा अविरल वर्षासँगै आएको बाढीले भन्सार परिसरमा रहेका थुप्रै मालसामान...