News Portal

  • युरोपेली च्याम्पियन्स लिगमा पीएसजी र लिभरपलको जित

    पोर्टोलाई लिभरपुलले ५-१ गोल अन्तरले हरायो

    हिमालीसंचार संवाददाता
    ३२० पटक

    एजेन्सी – लियोनल मेसीले क्लबका लागि गरेको पहिलो उत्कृष्ट गोलमा पेरिस सेन्ट जर्मेन पीएसजीले युरोपेली च्याम्पियन्स लिगमा मंगलबार राति म्यानेस्टर सिटीलाई २-० अन्तरले हराएको छ ।पूर्वविजेता लिभरपुल पनि अर्को खेलमा प्रभावशाली जित निकाल्न सफल रह्यो । तर उता रियल म्याड्रिड भने पराजित रह्यो ।

    बार्सिलोना छाडेर पीएसजी आएयताको चौथो खेलमा मेसीले केयलिन एमबापेको सहयोगमा गोल गरेका हुन् । इड्रिस गुएले पीएसजीका लागि पहिलो गोल गरेका थिए। 

    लिभरपुलले पोर्टोमाथि ५–१ गोल अन्तरको जितमा मोहम्मद सलाह र रोबर्टो फिरमिनोले दुई दुई गोल गरेका थिए । यस्तै, साडियो मानेले पनी एक गोल गरे ।

    कीर्तिमान १३ पल्टको विजेता भने रियल भने सेरिफसँग आफ्नो घरेलु मैदानमा २–१ ले पराजित भएको हो । अर्को प्रमुख खेलमा एटलेटिको म्याड्रिडले एसी मिलानलाई २–१ हराएका थिए। यस्तै, आयाक्सले बेटिकटासलाई २–० क्लब ब्रुगले आरबी लाइपजिगलाई २–१ गोल अन्तरले हरायो भने बोरुसिया डर्टमुन्डले स्पोर्टिङलाई १–० गोल अन्तरको सामना गर्नु पर्यो । साख्तर डोनेस्क र इन्टर मिलानबीचको खेल भने गोलरहित बराबरीमा टुंगिएको थियो। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २८ गतेको राशिफल

    आज मंसिर २८, २०८२ (डिसेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...