News Portal

“सुन न सुन, ए साईमा” गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४०१ पटक

काठमाडौं – किराती संस्कृति तथा किराती दर्शनमा आधारित “सुन न सुन, ए साईमा” गीत सार्वजनिक भएको छ। भाई किरातीको शब्द, आश कुमार राईको संगीत रहेको गीतमा गायक तथा संगीतकार कृष्ण भक्त राई, गायिका राधा राईको आवाजमा रहेको म्युजिक भिडियो गत शनिवार सार्वजनिक भएको हो।

लाहाङ सुब्बाको संगीत संयोजन रहेको गीत स्टुडियो किङमा मनोज साम्सोन राई र सुरेश राईले रेकर्ड गरेका हुन्। सार्वजनिक गीतलाई मिक्सिङ तथा मास्टरिङ साउण्ड ईन्जिनियर किशोर थापाले गरेका हुन्। ओजस फिल्मस स्टुडियोले तयार गरेको यो म्युजिक भिडियोमा मनोज राई र युबिना राईको फिचरिङ रहेको छ। नरोत्तम पाण्डे र स्याम कार्कीले सम्पादन गरेका हुन् । 

बरिष्ठ गीतकार, कवि तथा चिन्तक भुपाल राईको प्रमुख आतिथ्यता र लेखक तथा साहित्यकार  खुक्सङ खम्बु साथै लामो समय गीत संगीतमा विशेष योगदान दिदै आएका आफ्नो कर्मथलो हङकङ बनाएका सर्जक कमल दुमी राईको विशेष आतिथ्यामा एक कार्यक्रमको आयोजना गरी नेपाल म्युजिकको अफिसियल युट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो। 

आयोजित कार्यक्रममा गीतकार भाई किराती, विशेष अतिथि खुक्सङ खम्बु, कमल दुमी राई र प्रमुख अतिथि भुपाल राईले आफ्नो धारणा राखेका संगीतकार आश कुमार राईले हिमालीसंचार डटकमसंग जानकारी दिए । 

सार्वजनिक म्युजिक भिडियो 

 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...