News Portal

“सुन न सुन, ए साईमा” गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४५२ पटक

काठमाडौं – किराती संस्कृति तथा किराती दर्शनमा आधारित “सुन न सुन, ए साईमा” गीत सार्वजनिक भएको छ। भाई किरातीको शब्द, आश कुमार राईको संगीत रहेको गीतमा गायक तथा संगीतकार कृष्ण भक्त राई, गायिका राधा राईको आवाजमा रहेको म्युजिक भिडियो गत शनिवार सार्वजनिक भएको हो।

लाहाङ सुब्बाको संगीत संयोजन रहेको गीत स्टुडियो किङमा मनोज साम्सोन राई र सुरेश राईले रेकर्ड गरेका हुन्। सार्वजनिक गीतलाई मिक्सिङ तथा मास्टरिङ साउण्ड ईन्जिनियर किशोर थापाले गरेका हुन्। ओजस फिल्मस स्टुडियोले तयार गरेको यो म्युजिक भिडियोमा मनोज राई र युबिना राईको फिचरिङ रहेको छ। नरोत्तम पाण्डे र स्याम कार्कीले सम्पादन गरेका हुन् । 

बरिष्ठ गीतकार, कवि तथा चिन्तक भुपाल राईको प्रमुख आतिथ्यता र लेखक तथा साहित्यकार  खुक्सङ खम्बु साथै लामो समय गीत संगीतमा विशेष योगदान दिदै आएका आफ्नो कर्मथलो हङकङ बनाएका सर्जक कमल दुमी राईको विशेष आतिथ्यामा एक कार्यक्रमको आयोजना गरी नेपाल म्युजिकको अफिसियल युट्युव च्यानल मार्फत उक्त गीत सार्वजनिक गरिएको हो। 

आयोजित कार्यक्रममा गीतकार भाई किराती, विशेष अतिथि खुक्सङ खम्बु, कमल दुमी राई र प्रमुख अतिथि भुपाल राईले आफ्नो धारणा राखेका संगीतकार आश कुमार राईले हिमालीसंचार डटकमसंग जानकारी दिए । 

सार्वजनिक म्युजिक भिडियो 

 

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...