रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिका वडा नं. ३ अमरदह बजार नजिकैमा रहेको नर्बु चौकमा स्थापना भएको अरुण सिंहले संचालन गर्दे गरेको बोलबम चिउरा मिलमा आगलागी हुदा ७० लाख रुपैयाँ बराबरको क्षेती भएको छ ।
गएराती ११ बजेदेखि चिउरा मिलमा काम गरी रहेको अवस्थामा अचानक विधुत सर्ट भई आगलागी हुदा आगलागीबाट २ वटा कोठा पुर्ण रुपमा जली क्षती भएको र मिल भित्र रहेको २ वटा मेसिन, धान, खुदी, भुस, पिठो र चिउरा गरी ७० लाख रुपैयाँ बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।
आगो नियन्त्रणका लागि नेपाल प्रहरी, ससस्त्र प्रहरी, स्थानीय, रंगेली, बेलबारी, सुन्द्रहरैचा, उर्लाबारी, र कानेपोखरी सहित ५ वटा बारुण यन्त्रको सहयोगमा राती २ बजेदेखि आगो पुर्ण रुपमा नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय रंगेलीका सहायक प्रहरी निरिक्षक देव पुकार यादवले हिमालीसंचार डटकमसंग बताए ।