News Portal

बनगाड कुपिण्डे नगरपालिकाले अझै बजेट ल्याएन

हिमालीसंचार संवाददाता
३५२ पटक

सल्यान।
सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले अझै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन सकेको छैन। असार १० गतेभित्र बजेट ल्याई सक्नु पर्ने संवैधानिक प्रावधान भएपनि जनप्रतिनिधिहरू बिच बजेट विनियोजनको विषयमा विवाद हुँदा बजेट आउन नसकेको हो।

विवाद मिलाउन पटक-पटक बैठक बसे पनि सहमति हुन सकी रहेको छैन। जनप्रतिनिधि बिचको विवाद र प्रमुख प्रशासकीय अधिकृत नहुँदा नीति तथा कार्यक्रम र बजेट ल्याउन समस्या भइरहेको उपमेयर मञ्जु ऐरीले बताउनु भयो। दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा तयारी भएपनि सम्पन्न गर्न गाह्रो भएको उहाँको भनाई छ।

गत वर्षका केही योजनामा रकम भुक्तानी नहुँदा जनप्रतिनिधिबिच विवाद भएको उपमेयर यरीको भनाई छ। उहाँका अनुसार केही कर्मचारीको नियुक्ति र तलब खुवाउने विषयमा पनि जनप्रतिनिधिबिच विवाद छ।

बहुमत वडा अध्यक्षहरूले प्रत्येक वडामा ८० लाखको सिलिङ नआएसम्म नगर सभामा बस्दैनौ भन्ने आएपछि बजेट आउन ढिलाइ भएको मेयर गोविन्द पुनले बताउनु भयो। तीन दिनसम्म बैठक बस्दा पनि वडाध्यक्षहरू ८० लाख बजेटभन्दा तल बजेट विनियोजन गर्ने विषयमा सहमतिमा नआएको उहाँको भनाई छ।

नगरपालिकाको सिमिति स्रोत साधन र विगतका योजनालाई पनि निरन्तरता दिनु पर्ने भएकाले उहाँको माग अनुसार बजेट हुन नसकेको भनाई छ। बजेट सीमा निर्धारण समितिले वडाको बजेट ५० लाख तोकी सकेको र अब कार्यपालिकाको बैठकबाट अनुमोदन गराई १०/१५ दिनमै बजेट आउने मेयर पुनका बताउनु भयो।

राजनीतिक खिचातानी र दलीय स्वार्थले चालु आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट आउन नसकेको कृष्ण माध्यमिक विद्यालय देवस्थलका प्रधानाध्यापक शिखर ऐरीले बताउनु भयो।

समयमै बजेट नआउँदा यहाँको जनजीविका, शैक्षिक सुधार, विकास निमार्ण ठप्प प्राय भएको उहाँको भनाई छ। यथाशक्य चाँडो नगर सभा बसेर कर्मचारीको मागसँगै दैनिक प्रशासनिक कार्य अघि बढाउन उनले आग्रह गर्नुभयो। – नेपालासमाचारपत्र

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...