News Portal

गुरुङ ‘तमु’ समाज मकाउको पाँचौ बार्षिक कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
६१९ पटक

मकाउ – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउले संस्थाका अध्यक्ष लिलबहादुर गुरुङ ‘गोरा’ को सभापतित्वमा समाजको ५ औ बार्षिक कार्यक्रम हिमालयन हाउस ताईपामा सम्पन्न गरेको छ।

आयोजित कार्यक्रमको प्रमुख अतिथि गुरुङ ‘तमु’ समाज मकाउका जेष्ठ सदस्य धनबहादुर गुरुङ र संस्थाका अध्यक्ष लिलबहार गुरुङ (गोरा) द्वारा संयुक्त रुपमा दिप प्रच्वलन गरी कार्यक्रम उद्धाटनसंगै नेपाली राष्ट्रिय गान बजाएर कार्यक्रमको उद्धघाटन गरिएको थियो।

आयोजिक कार्यक्रममा समाजका नवनियुक्त संयोजक नैन गुरुङ ‘नयन’ द्वारा स्वागत मंतव्य, संस्थालाई मजबुद बनाउन रिक्त रहेका पदहरुमा थप सदस्य नियुक्त गरी सपथ ग्रहण समेत गराईएको थियो। 

आयोजित कार्यक्रममा समाजका सचिव भिम गुरुङले अहिले सम्मको बार्षिक प्रतिवेदन, समाजका कोषअध्यक्ष मन कुमारी गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। 

कर्म भूमि मकाउमा रहेर समाजका लागि अहम भूमिका निर्वाह गरिरहेका आफ्ना १ जना बास्केटबल खेलाडि सहित अन्य राम्रो कर्म गरेका सदस्यहरुलाई गुरुङ ‘तमु’ समाज मकाउले प्रशंसा-पत्र प्रदान गरी सम्मान गरेको थियो।

आयोजित कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष लिलबहादुर गुरुङ ‘गोरा’ मकाउमा गठीत संस्थालाई यो उचाईमा ल्याई पुर्याउने प्रत्येक सदस्यहरुमा हार्दिक आभार व्यक्त गर्दै निकट भविष्यमा भईपरी आउने जटिलतादेखि हरेक समस्याहरुमा सिंगो समाज एक जुट भई समस्याको समाधान गर्न हातेमालो गर्दै जाने विश्वास व्याक्त गरेका थिए। 

आयोजित कार्यक्रम एनआरएन मकाउका युवा संयोजक तथा गुरुङ ‘तमु’ समाज मकाउका सहसचिव अमृत गुरुङले कार्यक्रम संचालन गरेका थिए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...