News Portal

  • गुरुङ ‘तमु’ समाज मकाउको पाँचौ बार्षिक कार्यक्रम सम्पन्न

    हिमालीसंचार संवाददाता
    ५४८ पटक

    मकाउ – मकाउमा गठीत गुरुङ ‘तमु’ समाज मकाउले संस्थाका अध्यक्ष लिलबहादुर गुरुङ ‘गोरा’ को सभापतित्वमा समाजको ५ औ बार्षिक कार्यक्रम हिमालयन हाउस ताईपामा सम्पन्न गरेको छ।

    आयोजित कार्यक्रमको प्रमुख अतिथि गुरुङ ‘तमु’ समाज मकाउका जेष्ठ सदस्य धनबहादुर गुरुङ र संस्थाका अध्यक्ष लिलबहार गुरुङ (गोरा) द्वारा संयुक्त रुपमा दिप प्रच्वलन गरी कार्यक्रम उद्धाटनसंगै नेपाली राष्ट्रिय गान बजाएर कार्यक्रमको उद्धघाटन गरिएको थियो।

    आयोजिक कार्यक्रममा समाजका नवनियुक्त संयोजक नैन गुरुङ ‘नयन’ द्वारा स्वागत मंतव्य, संस्थालाई मजबुद बनाउन रिक्त रहेका पदहरुमा थप सदस्य नियुक्त गरी सपथ ग्रहण समेत गराईएको थियो। 

    आयोजित कार्यक्रममा समाजका सचिव भिम गुरुङले अहिले सम्मको बार्षिक प्रतिवेदन, समाजका कोषअध्यक्ष मन कुमारी गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। 

    कर्म भूमि मकाउमा रहेर समाजका लागि अहम भूमिका निर्वाह गरिरहेका आफ्ना १ जना बास्केटबल खेलाडि सहित अन्य राम्रो कर्म गरेका सदस्यहरुलाई गुरुङ ‘तमु’ समाज मकाउले प्रशंसा-पत्र प्रदान गरी सम्मान गरेको थियो।

    आयोजित कार्यक्रमका सभापति एवम् संस्थाका अध्यक्ष लिलबहादुर गुरुङ ‘गोरा’ मकाउमा गठीत संस्थालाई यो उचाईमा ल्याई पुर्याउने प्रत्येक सदस्यहरुमा हार्दिक आभार व्यक्त गर्दै निकट भविष्यमा भईपरी आउने जटिलतादेखि हरेक समस्याहरुमा सिंगो समाज एक जुट भई समस्याको समाधान गर्न हातेमालो गर्दै जाने विश्वास व्याक्त गरेका थिए। 

    आयोजित कार्यक्रम एनआरएन मकाउका युवा संयोजक तथा गुरुङ ‘तमु’ समाज मकाउका सहसचिव अमृत गुरुङले कार्यक्रम संचालन गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीद्वारा देश र जनताप्रति स्थायी बफादारीको दाबी

    काठमाडौं, कार्तिक २  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमानमा देश अस्थिर र त्रासपूर्ण...

    इजरायलमा विपिन जोशीप्रति श्रद्धाञ्जली, भोलि नेपाल ल्याइँदै शव

    काठमाडौं, कार्तिक २ – इजरायलमा हमासद्वारा अपहरणपछि मारिएका कञ्चनपुरका विपिन जोशीको शव नेपाल पठाउनुअघि तेल...

    नेतृत्वबारे निर्णय सदस्यकै अधिकार, पत्रकारले होइन : प्रचण्ड

    काठमाडौँ, कात्तिक २ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको नेतृत्व...

    आज २०८२ साल कार्तिक २ गतेको राशिफल

    आज कार्तिक २, २०८२ (अक्टोबर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

    काठमाडौं – बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएकाे छ। बंगलादेशको...