News Portal

  • बिहान खाली पेटमा चिया पिउदा क्यान्सर निम्तिने सम्भावना

    हिमालीसंचार संवाददाता
    ४१७ पटक

    काठमाडौँ।
    धेरैले बिहान उठ्ने वित्तिकै चिया पिउने गर्छन्। चिया पिउन सौखिनहरु दिनमा ४ देखि ५ कम चिया पिउने गर्छन्। पछिल्लो समय सामाजिक सञ्जालमा हुने चियाको चर्चाले चिया पिउनु “स्टेटस सिम्बल” को रुपमा लिन थालिएको छ। यसकारण पनि मानिसहरुमा चियाको लत लाग्दै गएको पाइन्छ।

    धेरै चिया पिउँदा शरीरमा नराम्रो असर पर्छ। र, कहिल्यै खाली पेटमा चिया पिउनु हुँदैन। अध्ययनका अनुसार खाली पेटमा चिया पिउँदा एसिडिटी बढ्ने, क्यान्सर लाग्ने जस्ता गम्भीर रोग लाग्ने सम्भावना हुन्छ। चियासँग सधैँ केही न केही खानेकुरा खाने गर्नुपर्छ। धेरै चिया पिउँदा उमेर पनि कम हुँदै जाने अध्ययनमा उल्लेख छ।

    खाली पेटमा मात्र होइन खाना खाने वित्तिकै पनि चिया पिउनु स्वास्थ्यका लागि हानिकारक हुनसक्छ। खानामा पोषक तत्व हुन्छ। खानामा भएको पोषक तत्व शरीरले सोस्नका लागि समय लाग्ने गर्छ। खाना खाने वित्तिकै पाचन प्रक्रिया सुस्त हुन्छ जसले गर्दा खानामा भएको पोषक तत्व शरीरमा लाग्न पाउँदैन। जसको कारण मधुमेह जस्ता रोगहरु लाग्न सक्छ।

    मधुमेह यस्तो रोग हो जसले अन्य विभिन्न प्रकारका रोगहरूलाई आमन्त्रित गर्छ। धेरै चिया पत्ती हालेको कडा चिया, धेरै बेर पकाएको दुध चिया, बारम्बार तताएको चिया पिउँदा एसिडिटीको पनि समस्या हुन्छ।

    – एजेन्सी

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...