News Portal

गीतकार रोहित घिमिरेको ‘भन्देउ हजुर’मा चिरञ्जीवी र निरुता फिचर्ड (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३३९ पटक

काठमाडौं – नेपाली सागीतिक क्षेत्रमा गीतकारको रुपमा उदाउदै आएका गीतकार हुन रोहित घिमिरे । उनले हरेक बर्ष जसो आफ्नो शव्दमा गीत सार्वजनिक गर्दै आएका छन् । बिशेषगरी वियोगान्त तथा प्रेम बिछोडका गीत लेखनमा माहिर मानिन्छन् घिमिरे। उनको पुन: आफ्नो शब्दमा अर्को गीत “भन्देउ हजुर” सार्वजनिक गरेका छन् ।

गत बुधबार युट्युबमा सार्बजनिक गरिएको गीतमा प्रतिमा केसी र राग पौडेलको आवाज रहेको छ ।  सार्वजनिक गीत सिएल शर्माको संगीत रहेको छ भने सन्जिव बराईलीको एरेन्ज रहेको छ । ए वान म्युजिसियनमा रेकर्ड गरिएको गीतको भिडियोलाई दिनेश पराजुलीले छायांकन गरेका छन् । 

सार्वजनिक म्युजिक भिडियोमा जिवि चिरन ‘चिरञ्जीवी सापकोटा’, निरुता शाही, दिनेश कठायत र दिपक सापकोटाको मुख्य अभिनय रहेको छ । सिर्जन बराल ‘ऋषि’को निर्देशन रहेको उक्त भिडियोमा अमृत चापागाईंको सम्पादन रहेका छन् । जनता डिजिटल फिल्म्सबाट पोस्ट प्रोडक्सनमा निर्माण भएको भिडियोलाई आहा टिभी नामक युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...