News Portal

बिश्वकर्मा एकता समाज नेपाल कुवेतको अध्यक्षमा कुमार बराईली चयन

हिमालीसंचार संवाददाता
३६७ पटक

कुवेत – बिश्वकर्मा एकता समाज नेपाल कुवेतको पाचौं वार्षिकोत्सव तथा अधिवेशन समारोह साथै बिस्वकर्मा पूजा कार्यक्रम सम्पन्न भएको छ। पाचौं अधिवेशनबाट अध्यक्षमा कुमार बराईली र रोलबहादुर बिस्वकर्मा महासचिव पदमा सर्वसम्मत चयन भएका छन।

कुवेत स्थित मङ्गाफ मेमोरिस हलमा १७ सेप्टेम्वर २०२१ शुक्रवारको दिन पाचौं अधिवेशन तथा विस्वकर्मा पूजा कार्यक्रम सम्पन्न भएको हो। बिस्वकर्मा एकता समाज नेपाल कुवेतका अध्यक्ष गम सुनारको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ कुवेतका अध्यक्ष रनध्वज लामा प्रमुख अतिथि रहेका थिए।

त्यसैगरी विभिन्न सङ्घ सस्थाबाट प्रतिनिधित्व गरि उपस्थित प्रतिनिधिहरु अतिथि रहेका कार्यक्रममा समाजका सचिव रोल बहादुर बिस्वकर्मा पुजारी रहेका थिए भने, संरक्षक जीवन सुनारले कार्यक्रम सचालन गरेका थिए।

प्रवासमा कार्यव्यस्तताको बाबजूद पनि बिस्वकर्मा बाबाको पूजा आराधनाको लागि कुवेतमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीलगायत कुबेतमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उल्लेखनीय उपस्थित रहेको थियो।

प्रतिकृया दिनुहोस्

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...

निर्वाचन अभियानमा फर्किए रवि लामिछाने, चितवनमा कार्यक्रम सुरु

चितवन, माघ २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी तयारीलाई निरन्तरता दिन...