News Portal

परदेशीको पर्खाइमा गायिका बिष्णु माझी (भिडियोसहित)

हिमाली संचार संवाददाता
१४९३ पटक

राजु बोहरा
काठमाडौँ – नेपाली गीत संगीतको स्तर सम्वृद्धिको निमित्त उल्लेखनीय भूमिका निर्वाह गरिरहेको मेशना डिजिटल प्रालिले एक पछी अर्को गर्दै उत्कृष्ट गीत संगीतहरु बजारमा ल्याइरहेको छ । सोहि क्रममा पछिल्लो पटक बिजय दशमी तथा दिपावलीको शुभकामना सहित “परदेशीको पर्खाइ” बोलको गीत पनि बजारमा ल्याएको छ ।

विशेषगरी बाध्यता र बिबस्ताको कारण धेरै वर्ष सम्म पनि आफ्नो प्यारा संगै रहेर दशैँ पर्ब मनाउन नपाएको हुँदा यस बर्ष भने बाटो हेरेर बस्छु भन्ने जस्तो भाव यस गीतले बोकेको छ । तर यो हुँदा हुँदै पनि दशैँ तिहार संगै मनाउन आउन पाइन् भन्ने प्रतिउत्तरको भाव पनि यस गीतमा रहेको छ ।

मेशना डिजिटल प्रा.लि कै संचालक रोशन परियारको लय द्वारा सुसजित यस गीतलाई शब्द भने अमित बाबु रोकायाल लेखेका हुन् । अशंख्य प्रबासी नेपालीहरुको यथार्थतालाई चित्रण गर्दै तयार पारिएको यस गीतमा बिष्णु माझी, खेमराज बि.क र हरी डी,के को सुमधुर स्वर सुन्न सकिन्छ ।

निकै घत लाग्दो भाव लहरिले सुसजित यस गीतको म्युजिक भिडियोमा सारिका के.सी दुर्गेश थापा,सुमित्र गिरी र गौरब देखिएका छन् । कपिल लामा द्वारा निर्देशित भिडियोलाई छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन सुजन शाहीले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...