News Portal

परदेशीको पर्खाइमा गायिका बिष्णु माझी (भिडियोसहित)

हिमाली संचार संवाददाता
१४४५ पटक

राजु बोहरा
काठमाडौँ – नेपाली गीत संगीतको स्तर सम्वृद्धिको निमित्त उल्लेखनीय भूमिका निर्वाह गरिरहेको मेशना डिजिटल प्रालिले एक पछी अर्को गर्दै उत्कृष्ट गीत संगीतहरु बजारमा ल्याइरहेको छ । सोहि क्रममा पछिल्लो पटक बिजय दशमी तथा दिपावलीको शुभकामना सहित “परदेशीको पर्खाइ” बोलको गीत पनि बजारमा ल्याएको छ ।

विशेषगरी बाध्यता र बिबस्ताको कारण धेरै वर्ष सम्म पनि आफ्नो प्यारा संगै रहेर दशैँ पर्ब मनाउन नपाएको हुँदा यस बर्ष भने बाटो हेरेर बस्छु भन्ने जस्तो भाव यस गीतले बोकेको छ । तर यो हुँदा हुँदै पनि दशैँ तिहार संगै मनाउन आउन पाइन् भन्ने प्रतिउत्तरको भाव पनि यस गीतमा रहेको छ ।

मेशना डिजिटल प्रा.लि कै संचालक रोशन परियारको लय द्वारा सुसजित यस गीतलाई शब्द भने अमित बाबु रोकायाल लेखेका हुन् । अशंख्य प्रबासी नेपालीहरुको यथार्थतालाई चित्रण गर्दै तयार पारिएको यस गीतमा बिष्णु माझी, खेमराज बि.क र हरी डी,के को सुमधुर स्वर सुन्न सकिन्छ ।

निकै घत लाग्दो भाव लहरिले सुसजित यस गीतको म्युजिक भिडियोमा सारिका के.सी दुर्गेश थापा,सुमित्र गिरी र गौरब देखिएका छन् । कपिल लामा द्वारा निर्देशित भिडियोलाई छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने सम्पादन सुजन शाहीले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...