News Portal

तत्कालीन सरकारले तामझामका साथ भित्र्याएको २ रेल रोकिएको रोकियै

हिमालीसंचार संवाददाता
३८७ पटक

काठमाडौं। गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ दुईवटा रेल नेपाल भित्र्यायो। नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुसी छायो। तर, किनेको नयाँ रेल पनि थन्किएको एक वर्ष भएको छ। रेल छोपेको पालसमेत च्यातिएर धुजाधुजा भएका छन्। छोपिएको रेल नांगिएको छ। अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन।

धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा पहेलो पाल ओढाएर राखिएको रेल अलपत्र जस्तै बनेको छ। कर्मचारी भर्ना प्रक्रियाको जटिलताका कारण रेलको स्थायी सञ्चालन प्रक्रिया अनिश्चित बनेको हो।

लामो समयपछि नेपाल सरकारको स्वामित्व भएको रेल गत वर्ष भारतको हाजिपुरबाट जयनगर हुँदै जनकपुरधाम कुर्था रेल्वे स्टेसनसम्म पुर्‍याइएको थियो। पहिलो पटक रेल चल्ने कुराले जनकपुरवासीमा पनि खुसीको सीमा थिएन।

रेल आएपछि चल्ने र सबैलाई सहज हुने आशा बोकेका सर्वसाधारणले सरकारको प्रशंसा पनि गरे। तर रेल आएको वर्षदिन बित्दा पनि रेल चल्ने अझै सुरसार छैन्। रेल चलाउने आवश्यक भौतिक पूर्वाधार, कर्मचारी र कानुनको अभावमा एक वर्षदेखि भएको रेल पनि थन्क्याउनुपर्ने बाध्यता छ।

निक्कै उत्साह र धूमधामका साथ हर्न बजाएर आफूहरू नै लागेर भित्र्याइएको रेल वर्ष दिनदेखि पालमुनि थन्किएपछि स्थानीय पनि निराश छन्। रेल भित्र्याउने समयमा एक महिनामा कर्मचारी भर्ना गरेर चलाउने भनिए पनि कर्मचारी भर्ना प्रक्रिया पेचिलो बन्दा रेल सञ्चालन अनिश्चित बनेको हो।

‘चार–पाँच वर्षदेखि रेल चल्ने कुरा हुँदैछ तर, कहिले चल्छ अत्तोपत्तो छैन’ जनक नन्दनी गाउँपालिका—४ खजुरीकी सूर्यकला देवी कामतीले भनिन्, ‘रेल नचल्दा दुखी छौं।’ उनी भन्छिन् ‘जयनगरबाट हाम्रो घर हुँदै जनकपुरसम्म रेल चल्छ भनिए पनि चलेन। रेल त आयो तर एक दिन पनि चलेन, अहिले थन्किएको छ, कहिले चल्छ ठेगाानै छैन’ उनले भनिन्। यो समाचार अन्नपूर्णपोस्टमा छ।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...