News Portal

रंगेलीमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित चार दिने तालिम सम्पन्न

हिमालीसंचार संवाददाता
५०९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास गर्ने उदेश्यले चार दिने तालिम सम्पन्न भएको छ।

निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु भएको हो। स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्रक्रियामा सहभागिता, नेतृत्व परिचय, भूमिका र आत्माविश्वास बृद्धि गर्ने उद्देश्यले तालिम गरिएको छ ।  

मोरङको मेलिना गेष्ट हाउसमा उक्त तालिमको आयोजना गरिएको थियो । सो कार्यक्रममा दलित महिला केन्द्र नेपालले इन्टरनेशल फाउण्डेशन फर इलेक्ट्रोल सिस्टम संस्थासँगको सहकार्यमा मोरङमा रहेका ६ पालिकाहरुमा रंगेली, बेलबारी, कटहरी, ग्रामथान, केराबारी र लेटाङमा सो तालिमको आयोजना गरिएको दलित महिला केन्द्र नेपालका प्रशिक्षक उमेश बिकले हिमालीसंचार डटकमसंग बताए ।

मोरङको रंगेली नगरपालिकामा निर्वाचित २१ जना महिला जनप्रतिनिधिहरुलाई तालिममा सहभागीता गराएको थियो ।  कार्यक्रममा रंगेली नगरपालिकाका मेयर, उपमेयर केशब कुमारी खराल, कृष्ण भट्टराई, स्थानीय दिपेन्द्र थापा, हर्क पाैडेल, जगरनाथ मंण्डल, लगायतको उपस्थिति समेत रहेको थियो।  

महिला जनप्रतिनिधिहरुलाई तालिमको आयाेजना गरेको आयोजकलाई धन्यवाद समेत दिएका छन्। तालिममा क्षमता बिकास नगरी नेतृत्व गर्न नसकिने भएकाले ब्यक्तिगत क्षमता वृद्धि, अध्ययनले मात्र सफल नेतृत्व संभव हुने र असल गुणहरुको बिकास गर्न तालिमहरुले महत्वपुर्ण भुमिका निर्बाह गर्न आवश्यक रहेको सहभागीहरुले  बताए । 

तालिमलाई एनजिओ फेडेरेसन नेपालका सचिव उमेश बिश्वकर्मा र स्वस्तिका पोख्रेल, तेजीलाल लामाले सहजिकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...