News Portal

फेरिए १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

हिमालीसंचार संवाददाता
५१७ पटक

काठमाडौं।
गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ। मन्त्रीस्तरीय निर्णयबाट १२ जना सीडीओलाई जिल्लामा सरुवा गरिएको हो। त्यस्तै ३ जनालाई भने मन्त्रालयमा तानिएको छ।

गुल्मीका सीडीओ रुद्रादेवी शर्मालाई भक्तपुर पठाइएको छ, भने पुण्यविक्रम पौडेललाई गुल्मी पठाइएको छ। यता मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ।

त्यस्तै, मोरङका सीडीओ कोषहरि निरौला मन्त्रालय तानिएका छन्। शंकर अर्याललाई गोरखा, काशिराज दाहाललाई मोरङ, दीपक पहाडीलाई रामेछाप र नुरहरि खतिवडालाई संखुवासभा पठाइएको छ।

आश्मान तामाङलाई चितवन, कृष्णा लम्साललाई धादिङ, वीरेन्द्र यादवलाई उदयपुर र ऋषि तिवारीलाई रुपन्देही पठाइएको छ। टेकनारायण पौडेल मन्त्रालय तानिएका छन्। त्यस्तै, टेकराज निरौलालाई दोलखा पठाइएको छ, भने वासुदेव घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...