News Portal

गायिका जुनी खालिङ राईको “जवानी मनलाई” म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

हिमालीसंचार संवाददाता
६९४ पटक

काठमाडौं – पूर्वाञ्चल धनकुटाकी चर्चित लोक गायिका जुनी खालिङ राई र गायक अशोक मुकारुङको संयुक्त आवाजमा “जवानी मनलाई” बोलको म्युजिक भिडियो गायिका जुनी खालिङ राईको अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरेकी छिन्।

पुञ्वाञ्चलको इटहरी स्टुडियोबाट रेकर्डिङ गर्दै आई रहेकी गायिका जुनी खालिङ राई गत सातादेखि राजधानी काठमाडौंका विभिन्न स्टुडियोमा ब्यास्त रहेकी छिन्। नेपाली गीत संगीतका मेघास्टार राई इच किङ नामले परिचित राजेश पायल राईसंग समेत आफ्नो आवाज रेकर्ड गराएकी गायिका जुनी खालिङ राईले राजेश पायल राईले समेत राम्रो सम्भावना बोकेकी कोकिल स्वरकी धनी भनेर तारिफ गरेका थिए। 

सार्वजनिक म्युजिक भिडियोमा गायिका जुनी खालिङ राई र गायक अशोक मुकारुङको मुख्य अभिनय रहेको गीतका शब्द रचना जीवन मुकारुङले रचना गरेका हुन्। श्रृगारमा दीपा खालिङले गरेका छन् भने दुर्गा बान्तावा र मनोज राईले छायांकन गरेका हुन्। 

सार्वजनिक म्युजिक भिडियो ज्यादै सुन्दर तारिफ योग्य रुपमा किरण रस्काले ड्रोन उडाएका हुन्। जीवन मुकारुङले भिडियो इडिटिङ गरेका गीतको रेकर्डिङ सेवा स्टुडियोमा रेकर्डिस्ट पदम राजन मगर र योगेन मुकारुङले गरेका हुन्। 

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...