News Portal

गीतकार मंगल राईको “गाईधाट बजार-२” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
१२८६ पटक

काठमाडौं – विगत लामो समयदेखि मकाउलाई कर्मथलो बनाउदै आएका गीतकार मंगल राई “साईला” ले गाईधाट बजारको अपार सफलता पश्चात  गीतकार राईले पुन: “गाईधाट बजार-२” आज मकाउको हिमालय हाउस ताईपाबाट एक कार्यक्रमको आयोजना गरी गीतकार राईले सुम्निमा पारुहाङ म्युजिक अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरेका छन्।

गायक विनोद दनुवार, गायिका सुनिता थेगेम, गायाक विजय राई, मनमा वी राई र गायिका रिता राईको संयुक्त आवाज रहेको “गाईधाट बजार-२” आज मकाउमा एक कार्यक्रमको आयोजना गरि विमोचन गरिएको हो । सुम्निमा पारुहङ म्युजिक प्रालिका अध्यक्ष मंगल राईले निकट भविष्यमा पश्चिमका लोकभाकाले आफु प्रभावित भएको बताउदै निकट भविश्यमा नेपालका पश्चिमेली क्षेत्रका भाका आफ्नो युटुव मार्फत दर्शक श्रोता माझ ल्याउने समेत बताए। 

गीतकार राईले “मायाको ओखत, साकेला गीत शीरको फेटा, चाहिदैन धन सम्पति, तुवाचुङ डाडा, जन्मदिने आमा, गाईधाट बजार लगायका चर्चित गीत लेखेका सर्जक राईले आज “गाईधाट बजार-२” मकाउमा गठीत विभिन्न संध संस्थाका प्रतिनिधि विच एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका हुन्। 

सार्वजनिक म्युजिक भिडियो चर्चित युवा संगीतकार निकेश राई, मिक्सिङ मास्टरिङ मुस्कान मुकारुङ, छायांकनमा मनोज राई, दुर्गा बान्तावा राई, कोरियोग्राफरमा आसिश राई, स्मिर्ति राई, देव चाम्लिङ, ईडिटिङमा मनोज राई, कलरिङमा अमृत चापागाई क्यामेरामा रोमन बान्तावा, सृगारमा अनिशा चाम्लिङ, श्रेय लामा साथै भेषभूषामा फामाहिन बुटिक, लिम्जु कलेक्शन, डिसकभर ड्रेस हायर सेन्टर, थोकफेला लिङदेन साथै विभिन्न देशका शुभचिन्तकहरुले  सपोर्ट गरेका म्युजिक भिडियो हिमालयन हाउस मकाउ र लोरेन्स् लामेरास मकाउले प्रायोजन गरेका थिए। सून्य सस्क्राईबर रहेको नयाँ युटुव च्यानल मार्फत गीतकार राईले “गाईधाट बजार-२”सार्वजनिक गरेका हुन्।  

 म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...