News Portal

संखुवासभा हत्या प्रकरणः मृतकहरूको बुढीगंगा जमुना मुक्तिघाटमा अन्त्येष्टि

हिमालीसंचार संवाददाता
३१२ पटक

नवराज राई/ संखुवा सभा – संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा भएको एकै परिवारको ६ जनाको सामूहिक हत्याका मृतकहरूको इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा दाहसंस्कार गरिएको छ।

सोमबार बिहान हत्या गरी फालिएको अवस्थामा फेला परेका तेजबहादुर कार्कीसहित ६ जनाको इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा दाहसंस्कार गरिएको हो ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमार्टम भएकाले बुधबार अन्त्येष्टि गरिएको मृतकका भतिजा विनोद कार्कीले जानकारी दिए। उनका अनुसार तेजबहादुर कार्कीका कान्छा छोरा रमेश कार्कीले शवको अन्त्येष्टिगरेका छन् ।  

बिभत्सरूपमा भएको हत्यामा मृतकहरूको बुधबार धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि बुढीखोला घाटमा अन्त्येष्टि गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरूणकुमार बिसीले बताएका छन् । 

सोमबार एकै परिवारका ८४ वर्षीय पार्वता कार्की, उनका छोरा  ५८ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षीय  कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी ७ वर्षीय गोमा कार्कीको हत्या भएका थियो । तेजबहादुरका दुई छोरा मध्ये दुबईमा रहेका कान्छा छोरा नरेश कार्की नेपाल फर्किएपछि उनीहरूको अन्त्येष्टि गरिएको हो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...