News Portal

  • मकाउमा तीज कार्यक्रम सम्पन्न, तीज क्वीनको उपाधी नयन गुरुङलाई (फोटो फिचर)

    हिमालीसंचार संवाददाता
    २१९४ पटक

    मकाउ – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा मकाउमा दर खाने तथा तीजको गीतमा नाचगान गरी मकाउ स्थित पोन्टे-१६ होटलको छैटौ तल्लामा भव्यताका साथमा तीज कार्यक्रम सम्पन्न, तीज क्वीनको उपाधि पाँचथरका नयन गुरुङलाई प्रदान गरिएको छ।

    त्यस्तै, तीज क्वीन पहिलो र दोस्रो रनर अप क्रमश दोलखाका सिमी पाख्रिन र विरगञ्जका सपना भुजेल कार्कीले प्राप्त गरेकी थिइन् । तीज क्वीन विजेताहरुका लागि राजी शाह भट्टद्वारा क्राउन प्रदान गरिएको थियो। मकाउमा रहेका नेपाली महिला दिदिबहिनीहरुले यस पटक थप नया कार्यक्रम समेत आयोजना गरिएको कार्यक्रम आयोजक मध्येका अगुवा गीता मगर शेर्पाले हिमालीसंचार डटकमलाई जानकारी दिएकी हुन्। 

    मकाउमा कार्यरत नेपालीहरुले आफ्ना चाड, पर्व र संस्कार संस्कृति मनाउन एक जुट हुदै आएका नेपाली दिदिबहीनीहरुले थप नया रुप दिन तीज क्वीन कार्यक्रम समेत राखिएको उनको भनाई थियो । मकाउमा रहेका नेपाली महिलाहरुले यो पटक तीजको अवसरमा एक कार्यक्रम आयोजना गरी तीज क्वीन कार्यक्रम राखेर थप रमाईलो गरेका हुन् । 

    गत सेप्टेम्बर ५ तारिख आइतवार मकाउ स्थित पोन्टे-१६ होटलको छैटौ तलाको ग्राण्ड बलरुममा आयोजना गरिएको कार्यक्रममा तीजको अवसरमा दर खाने कार्यक्रम बाहेक अन्य विभिन्न खेल, मनोरंजनात्मक कार्यक्रम गरेर खुशी साटेका थिए। उपस्थित नेपाली महिलाहरुको अलवा विदेशी महिलाहरुले समेत नेपाली रातो पहिरनका साथमा नाच गान गरी रमाईलो गरेका हुन् । 

    आयोजित कार्यक्रमका लागि शेर्पा समाज मकाउ र गुरुङ “तमु” समाज मकाउले एक रात उक्त होटलमा बस्नका लागि सम्पूर्ण सुविधा सहितको २ वटा छुट्टा छुट्टै कोठा प्रायोजन गरेका थिए। आयोजित कार्यक्रममा उपस्थित नेपाली महिलाहरुवीच भाग्यशाली चिठ्ठाद्वारा उक्त पुरस्कार प्रदान समेत गरिएको थियो।

    उक्त तीज कार्यक्रममा उपस्थितहरुको तर्फबाट सामुहिक रुपमा काठमाडौं राजधानीमा विभिन्न जिल्लाबाट श्रम गर्न आएका श्रमिकहरु लकडाउनका कारण काम गर्न नपाउदा समस्यामा परेका श्रमिकहरुलाई खाधन्न प्रदान गरिएको थियो। 

    त्यस्तै, खुकुरी नेपाली रेष्टुरेन्ट मकाउले १०० डलर बराबरको ५० वटा गिफ्ट भौचर, नमस्ते ट्रेडिङ मकाउले नेपालमा उत्पादित मुस्ताङ वियर, निरज थापा मगर, सुनिल काफ्ले र राम तामाङले ५० वटा गिफ्ट भौचर तीज कार्यक्रममा प्रायोजन गरी सहयोग गरेको थिए । 

    त्यस्तै, आयोजित कार्यक्रमका आयोजक कमिटीले पत्रकार तेजन खड्का र स्थानीय समाजसेवी रामचन्द्र श्रेष्ठको सहयोगमा काठमाडौं कोटेश्वर ३२ स्थित लकडाउनका कारण समस्यामा परेका मजदुर राम बहादुर माजी, मिन्दु लामा र लोकबहादुर नेपालीलाई खाधन्न सहयोग समेत गरिएको छ।

    आयोजित तीज विशेष कार्यक्रमका लागि मकाउमा गठीत संध संस्था र उल्लेख्य रुपमा मकाउमा कार्यरत नेपाली दाजुभाईहरुले समेत दिदिबहीनीका लागि खुलेर सहयोग गरेका थिए। आयोजित कार्यक्रम कृष्ण शेम्पा याम्फु राईले संचालन गरेका थिए। 

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २७ गतेको राशिफल

    आज मंसिर २७, २०८२ (डिसेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न कति जनाले निःशुल्क सेवा लिए

    कुवेत– कुवेतमा नेपाली दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ७५० जनाको लक्ष्य भए पनि २०० जनाले...

    निःशुल्क स्वास्थ्य क्याम्पमा हिमालयन रेस्टुरेन्ट हाउसको सहयोग

    कुवेत – कुवेतमा नेपाली समुदायबीच लोकप्रिय हुँदै गएको हिमालयन हाउस ले प्रशंसनीय सामाजिक उत्तरदायित्व प्रदर्शन...

    रास्वपा कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस

    कुवेत – कुवेतस्थित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवास विभागले वरिष्ठ सल्लाहकार रजु कार्कीलाई १० प्रतिशत...

    दुधौरा पुल पुसभित्र सकिने तयारी, सडक निर्माणमा भने ढिलाइ कायम

    काठमाडौं, मंसिर २६ – पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डमा परेका बाराको दुधौरा पुल निर्माण अन्ततः पुस महिनाभित्र...