News Portal

बलात्कारीलाई फाँसीको सजाय हुनुपर्छ : गृहमन्त्री बादल

७०८ पटक

काठमाडौं – आजका पत्रिकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रसंघ महासभामा गरेको सम्बोधन, नेकपामा माधव नेपाल समूहको असन्तुष्टि, प्रदेश ७ को नाम र राजधानी तोकिएको समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

त्यसबाहेक, गृहमन्त्री रामबहादुर थापा बादलले पनि बलात्कारीलाई फाँसीको सजायँ हुनुपर्ने अभिव्यक्ति दिएको समाचार पनि आजको पत्रिकाको प्रमुख हेडलाइन बनेको छ ।

अन्नपूर्ण पोष्ट दैनिकका अनुसार गृहमन्त्री बादलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाले आफ्नो शिर निहुरिएको भन्दै बलात्कारीलाई फाँसीको सजायँ ठीक हुने बताएका छन् ।

नेकपाका प्रदेश ३ इञ्चार्ज अष्टलक्ष्मी शाक्य नेतृत्वको प्रतिनिधिमण्डलसँग शुक्रबार भएको भेटमा गृहमन्त्रीले बलात्कार जस्ता जघन्य अपराधीलाई फाँसीसम्मको सजायँ व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिकले ‘देशका अब्बल महिला’ शिर्षकमा प्रमुख समाचार छापेको छ । समाचारअनुसार राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वसभामुख ओनसरी घर्ती, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, प्रदेश ३ प्रमुख अनुराधा कोइराला, बैंकको पहिलो महिला सीईओ अनुपमा खुन्जेली लगायतलाई अब्बल महिलाको सूचीमा राखेको छ ।

यसैगरी एलडीओ, सीता परियार, प्रशासक यामकुमारी खतिवडा, तेक्वान्दो खेलाडी संगीना वैद्य, अल्ट्रा धावक मीरा राई, बडिबिल्डर ननिता महर्जनलाई नयाँ पत्रिकाले अब्बल महिलाको सूचीमा राखेको छ ।

कान्तिपुर दैनिकले पनि महिला मुद्दालाई नै प्राथमिकता दिँदै ‘उपप्रमुखको उत्साह’ शीर्षकको समाचार प्राथमिकताका साथ छापेको छ । स्थानीय तहका अधिकांश उपप्रमुख महिला छन् जो नेतृत्वमा स्थापित हुन के गर्नुपर्छ भन्ने बुझ्दै सिक्दै छन् । उनीहरु भन्छन्- महिलालाई अधिकार नदिने अनि काम गनर्ैै सक्दैनन भन्ने पुरुषवादी सोच चिर्न लागिपरेका छौं ।

नागरिक दैनिकमा जोखिममा परिवार टुटेका बालिकाको विषय मुख्य समाचार बनेको छ । संकटग्रस्त र टुटेको परिवारका बालबालिका तथा महिला बलात्कारको बढी जोखिममा परिरहेको समाचारको सार हो । उदाहरणसहित पुष्टि गर्ने प्रयास स्वरुप नागरिकले कञ्चनपुरकी निर्मला र कास्कीकी श्रेयाको बलात्कारपछि हत्या भएको घटनाको चर्चा छ जसमा दुवै बालिकाको पारिवारिक अवस्था उस्तै उस्तै छ । अर्थात् दुवै बालिकाका आमा पतिसँग अलग्गिएका थिए ।

समाचारमा समाजशास्त्री तथा त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक डा. ज्ञानु क्षेत्रीले भनेकी छन्- अपराधीले कमजोरमाथि निसाना लगाइरहने हुँदा पारिवारिक एकता कमजोर भएकाहरु बलात्कारको जोखिममा पर्ने सम्भावना बढी हुन्छ ।

नेपाल समाचारपत्र दैनिकमा नागरिक दैनिकको माथिको समाचारको सारसँग मिल्दोजुल्दो समाचार छ । ‘आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !’ शीर्षकको समाचारमा श्रीमानसँग अलग्गिएर ललितपुरको धोबिघाटमा बस्दै आएकी एक महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका तेह्रथुमका २० वर्षीय पाएलोस कुरुम्वाङले उनकै छोरीलाई बलात्कार गरेको प्रसंग छ । कुरुम्वाङले आफ्नो कर्तुत स्वीकार गरेका छन् र उनलाई ललितपुर जिल्ला अदालतले १५ वर्ष कैद र पाँच लाख क्षतिपूर्ति भराउन आदेश दिएको छ ।

राजधानी दैनिकले भारतसँग ग्यास पाइपलाइन बिस्तार गर्ने सहमति भएको समाचारलाई प्राथमिकताका साथ छापेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानबीच शुक्रबार काठमाडौंमा यस्तो सहमति भएको थियो । दुई देशबीचको बैठकमा भारतको गोरखपुरबाट नेपालको सुनौलीमा ग्यास पाइपलाइन बिस्तार गर्ने आवश्यक तयारी गर्ने समझदारी भएको मन्त्री यादवले जानकारी दिएका छन् ।

मन्त्रीस्तरीय बैठकमा नेपालका ग्यास बुलेटलाई खाना पकाउने ग्यास आयात गर्न पाउने सहमति पनि भएको समाचारमा उल्लेख छ ।

गोरखापत्र दैनिकले प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनलाई मुख्य समाचार बनाएको छ । समाचारमा लेखिएअनुसार प्रधानमन्त्री ओलीले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि अनुकरणीय भएको बताएका छन् । उनले शीतयुद्धको अन्त्यपछि पनि विश्व अनिश्चिततामा बाँचिरहेको देखापरेको, ब्यापारको तनाव बढिरहेको बहुपक्षीयता न्याय र समानतामाथि प्रश्न उठिरहेको पनि बताएका छन् । अनलाइनरखबाट

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...