News Portal

देशै रमाईलो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६१७ पटक

काठमाडौं – बरिष्ठ कवि तथा गीतकार भुपाल राईको शब्द रचना तथा संगीत दर्शक-श्रोतामाझ धेरै उत्कृष्ट गीतहरु ल्याईसकेका चर्चित गायक रुपकुमार राईको आवाजमा रहेको “देशै रमाईलो” गीत आज सार्वजनिक भएको छ।

सार्वजनिक म्युजिक भिडियो गीतकार भुपाल राईको आफ्नै अफिसियल युट्युबच्यानल “भुपाल राई अफिसियल युट्युब च्यानल” मार्फत आज सारवजनिक गरिएको हो ।

द भर्जिन भ्वाईस रेकर्डिङ स्टुडियोमा करिब १८/१९ बर्ष अगाडि रेकर्ड हुँदा यो देशमा जनयुद्ध उत्कर्षमा पुदै थियो। त्यो समय समाजको बिभिन्न विभेद तथा उत्पिडनको अन्त्य र राज्य पुनसंरचना  गरेर देश संघात्मक ब्याबस्थामा जानुपर्दछ भन्ने मुद्दा स्थापित हुँदै गरेको समय थियो।

पबिधन खालिङको संगीत संयोजन रहेको गीत सम्भवत: संघिय संरचनाको सुन्दर, ब्याबहारिक अनि नेपालको सापेक्षताको पहिलो संघिय संरचनाको बैचारिक पाटा र पक्षहरु समेटिएको पहिलो रेकडिट संघियतामा आधारित राष्ट्रिय गीत भएको गीतकार राईले हिमालीसंचार डटकमलाई बताए । नेपालमा संघिय राज्य स्थापना भएर कार्यन्वयन तहमा रहेपनि नेपालको सापेक्षतामा संघिय संरचनाहरु अझै पनि ब्याबहारिक र वैज्ञानिक तरिकाबाट स्थापित भएका छैन। 

हाम्रो समाजको आधा भन्दा बढी हिस्सा अझै असन्तुष्ट रहेका छन। गीतकारको अनुसार “साहित्य, गित संगीत यस्तो मनोरंजन माध्यम मात्र होईन, विचार र चेतना सम्प्रेष गर्ने माध्यम पनि हो”। त्यसैले नेपाली गीत संगीत उधोगले आज एउटा पुरानो तर नयाँ विचार प्रधान रहेको गीत पाएको छ।

ओजस फिल्मस स्टुडियोले निर्माण गरेको म्युजिक भिडियोलाई नरोत्तम पाण्डेले सम्पादन गरेको यो गीतलाई मुक्तिकामी, वैचारिक चेतनाको स्तर उठेका अग्रगमनका पक्षपाती आम सचेत मानिसहरुले मन पराईदिने कुरामा विश्वस्त रहेको गीत निर्माण पक्षले हिमालीसंचार डटकमलाई बताए।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...