News Portal

  • मेलिना राई र निशान भट्टाराईको आवाजमा “सालघारीमा” सार्वजनिक (भिडियो सिहित)

    हिमालीसंचार संवाददाता
    ७२८ पटक

    काठमाडौं – चर्चित गायिका मेलिना राई र नेपाल आइडलबाट आफ्नो परिचय बनाएका चर्चित युवा गायक निशान भट्टराईको युगल आवाजमा “सालघारीमा” डान्सिङ रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ।

    सार्वजनिक म्युजिक भिडियो चर्चित मोडल अञ्जुली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका म्युजिक भिडियोको निर्देशक र कोरियोग्राफर आशिष राईले निर्देशन गरेका म्युजिक भिडियोको छायांकन दुर्गा बान्तावा राई, सह-छायंकनमा मनोज राईले छायांकन गरेका हुन्। राजु कार्कीले एरेन्ज गरेका म्युजिक भिडियोको संगीत युवा संगीकार दिलीप कोयी राईले गरेका हुन्। 

    सार्वजनिक म्युजिक भिडियोको ऋगारमा सन्जु थलाङ, ड्रोनमा किरण रक्काले लिएका दृश्यमा रेकर्डिङ, मिक्सिङ र मास्टरिङ एकराज सेम राईले वान पिस स्टुडियो काठमाडौंमा रेकडिङ गरिएको भिडियो जनता डिजिडल फ्लिम मार्फत बजारमा ल्याइएको हो। म्युजिक भिडियो प्राविधिक पक्षको सम्पूर्ण इडिटिङ र कलरिङ अमृत चापागाईले गरेका हुन्। छायांकन सि’काली फर्पिङ स्थित रमणीय सुन्दर क्षेत्र काठमाडौंमा गरिएको हो।

    गीतकार राईका अनुसार सार्वजनिक म्युजिक भिडियो निर्माण गर्न मकाउमा रहनु हुने नेपाली समुदायको विशेष माया, सद्भाव र ठुलो सहयोग पाएको बताउदै आफुलाई सहयोग गर्नु हुने मकाउमा कार्यरत सहयोगी मानुभावहरु र मकाउमा गठीत विभिन्न संधसंस्थाहरुमा विशेष आभार प्रकट गरेका छन्। 

    गीतकार राईका अनुसार म्युजिक भिडियोका लागि मकाउका सफल युवा व्यबसायी हिमालयन हाउस मकाउका संचालक रुस्तम श्रेष्ठको मुख्य प्रायोजित रहेको बताए। त्यस्तै, नेपाली सहयोगी हातहरु मकाउ, गुरुङ “तमु” समाज मकाउ, किरात राई यायोक्खा मकाउ, मगर संध मकाउ, शेर्पा समाज मकाउ, नेपाल आदिबासी जनजाति महासंध मकाउ, मकाउ तामाङ घेदुङ एशोसियएसन मकाउ, किरात याक्थुम चुम्लुङ मकाउ, एन-होप ट्रेडिङ एण्ड ब्राण्ड लिमिटेट, महिला शक्ति समाज सुनसरी नेपाल र Lion Kabita Rai District 325A1, Advisor L/Y 2021-2022 लगादले विशेष सहयोग र सह प्रायोजक गरेको गीतकार राईले जानकारी दिए। 

    गीतकार सन्जिब कोयी राईको शब्द रचना रहेको म्युजिक भिडियो सन्जिब कोयी युटुव च्यानल मार्फत आज शुक्रबार सार्वजनिक गरिएको हो। गीतकार राई लामो समयदेखि मकाउमा छन्। नया युटुव च्यानल भएपनि गीतकार राईले राम्रो सपोर्ट पाइरहेको बताए।

    म्युजिक भिडियो यहाँ हेर्नुहोस।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...