News Portal

वाइडबडी खरिद प्रक्रिया त्रुटिपूर्ण छ : महालेखा परीक्षक शर्मा

हिमाली संचार संवाददाता
७७९ पटक

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले नेपाल एयरलाइन्सको हालै ल्याएको दुई वटा वाइडबडी विमान खरिद प्रक्रिया र मूल्यमाथि प्रश्न उठाएको छ ।

संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले खरिद प्रक्रिया त्रुटीपूर्ण रहेको बताए । साथै मूल्यमा पनि प्रश्न गरेका छन् ।

शर्माका अनुसार नेपाल एयरलाइन्सको आर्थिक विनियमावली २०६२ को विनियम २३६ को १ मा नयाँ विमान खरिद गर्नेसम्बन्धी प्रक्रिया तोकिएको छ भने २ मा पुराना विमान खरिद प्रक्रिया छ ।

वाइडबडी खरिद गर्दा पुरानो विमान खरिदको प्रक्रिया अबलम्वन गरिएको पाइएको छ । ‘नयाँ विमान किन्दा विमान उत्पादक कम्पनीबाट आरएफटी आहृवान गरेर गर्नुपर्ने थियो । यसमा त्रुटी देखिएको छ’ शर्माले भने, ‘नयाँ विमान किन्नुथियो भने किन मिडिएटरहरुसँग जानुभयो ।’
महालेखा परीक्षक शर्माले अघि भने, ‘एयर बससँग किन्नुपर्ने हो भने सिधै किनेको भए हुन्थ्यो ।’

दुई वटा वाइडवडी विमान २० करोड ९६ लाख डलरमा कारोबार गर्ने सहमति भएको थियो, जसमध्ये ८ करोड सुरुमै बुझाइएको थियो ।

‘विमानको मूल्य उत्पादक कम्पनी एयर बसले उपलब्ध गराउँछ । उसबाट मूल्य लिएर तुलना गएको भए थाहा हुन्थ्यो । यो पनि गरिएको पाइएन’ शर्माले भने ।

वैठकमा समिति सदस्यहरुले वाइडबडी खरिदमा अनियमितता भएको भन्दै जवाफ माग गरेका थिए । वारेन्टी, ग्यारेन्टी लगायतका प्रश्न पनि आएको भन्दै महालेखा परीक्षक शर्माले वाइडवडी खरिदको यथार्थ विवरण खोजी भइरहेको बताए । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...