News Portal

वाइडबडी खरिद प्रक्रिया त्रुटिपूर्ण छ : महालेखा परीक्षक शर्मा

हिमाली संचार संवाददाता
८२५ पटक

काठमाडौं – महालेखा परीक्षकको कार्यालयले नेपाल एयरलाइन्सको हालै ल्याएको दुई वटा वाइडबडी विमान खरिद प्रक्रिया र मूल्यमाथि प्रश्न उठाएको छ ।

संसदको सार्वजनिक लेखा समितिको शुक्रबारको बैठकमा महालेखा परीक्षक टंकमणि शर्माले खरिद प्रक्रिया त्रुटीपूर्ण रहेको बताए । साथै मूल्यमा पनि प्रश्न गरेका छन् ।

शर्माका अनुसार नेपाल एयरलाइन्सको आर्थिक विनियमावली २०६२ को विनियम २३६ को १ मा नयाँ विमान खरिद गर्नेसम्बन्धी प्रक्रिया तोकिएको छ भने २ मा पुराना विमान खरिद प्रक्रिया छ ।

वाइडबडी खरिद गर्दा पुरानो विमान खरिदको प्रक्रिया अबलम्वन गरिएको पाइएको छ । ‘नयाँ विमान किन्दा विमान उत्पादक कम्पनीबाट आरएफटी आहृवान गरेर गर्नुपर्ने थियो । यसमा त्रुटी देखिएको छ’ शर्माले भने, ‘नयाँ विमान किन्नुथियो भने किन मिडिएटरहरुसँग जानुभयो ।’
महालेखा परीक्षक शर्माले अघि भने, ‘एयर बससँग किन्नुपर्ने हो भने सिधै किनेको भए हुन्थ्यो ।’

दुई वटा वाइडवडी विमान २० करोड ९६ लाख डलरमा कारोबार गर्ने सहमति भएको थियो, जसमध्ये ८ करोड सुरुमै बुझाइएको थियो ।

‘विमानको मूल्य उत्पादक कम्पनी एयर बसले उपलब्ध गराउँछ । उसबाट मूल्य लिएर तुलना गएको भए थाहा हुन्थ्यो । यो पनि गरिएको पाइएन’ शर्माले भने ।

वैठकमा समिति सदस्यहरुले वाइडबडी खरिदमा अनियमितता भएको भन्दै जवाफ माग गरेका थिए । वारेन्टी, ग्यारेन्टी लगायतका प्रश्न पनि आएको भन्दै महालेखा परीक्षक शर्माले वाइडवडी खरिदको यथार्थ विवरण खोजी भइरहेको बताए । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...